Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeविज्ञान प्रबिधिराष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालनमा ल्यायो एनएसओ डाटा पोर्टल

राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालनमा ल्यायो एनएसओ डाटा पोर्टल

काठमाडौँ, सोमबार, १७ मङ्सिर २०८१ । राष्ट्रिय तथ्याङ्क कार्यालयले एकिकृत डाटा पोर्टल ‘एनएसओ डाटा पोर्टल’ संचालनमा ल्याएको छ ।

आज मङ्सिर १७ गते सोमबारदेखि थापाथलीस्थित राष्ट्रिय तथ्याङ्क कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले पोर्टल सार्वजनिक गरेका हुन् ।

तथ्याङ्क ऐन, २०१५ अनुसार २०१५ साल पुस १७ गते स्थापना भएको केन्द्रीय तथ्याङ्क विभागले २०७९ मा जारी गरिएको तथ्याङ्क ऐन, २०७९ कार्यान्वयनमा आएसँगै राष्ट्रिय तथ्याङ्क कार्यालयमा परिवर्तन भएको छ । तथ्याङ्क ऐन, २०७९ लाई मुख्य आधार मानी कार्यालयले तथ्याङ्कीय क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

नेपालको तथ्याङ्क प्रणालीको केन्द्रीय निकायको रुपमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले नियमित रुपमा विभिन्न गणना, सर्वेक्षण तथा अन्य विधिको प्रयोग मार्फत आर्थिक, सामाजिक तथा वातावरणीय तथ्याङ्क उत्पादन गर्दै आएको छ ।

राष्ट्रिय जनगणना, राष्ट्रिय कृषि गणना, राष्ट्रिय आर्थिक गणना, नेपाल जीवनस्तर सर्वेक्षण, नेपाल श्रम शक्ति सर्वेक्षण, राष्ट्रिय औद्योगिक सर्वेक्षण, राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण, नेपाल व्यापार सर्वेक्षण, राष्ट्रिय लेखा अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्कीय क्रियाकलाप हुन् ।

कार्यालयले हरेक वर्ष विभिन्न गणना तथा सर्वेक्षणहरुबाट संकलित तथ्याङ्क विश्लेषण गर्दै आर्थिक, सामाजिक वातावरणीय तथ्याङ्क प्रकाशन गर्दै आएको छ । यसरी प्रकाशित तथ्याङ्क प्रयोग कर्ताहरुलाई सहज, सरल र उपयोगी हुने ढंगले कार्यालयले प्राथमिकताका साथ पुर्याउँदै आएको छ । यसका लागि कार्यालयबाट प्रतिवेदन वितरण, बेबसाईट मार्फत, सामाजिक सञ्जाल मार्फत समेत उत्पादित तथ्याङ्कमा प्रयोगर्कताको पहुँच स्थापित गरिएको छ ।

प्रकाशित तथ्याङ्कलाई अझ बढी वैज्ञानिक र सरल ढंगले प्रयोग कर्ता समक्ष पुर्याउनका लागि कार्यालयले एक वेग्लै एकिकृत डाटा पोर्टल एनएसओ डाटा पोर्टलको विकास गरेको हो । कार्यालयको वेबसाईटमा रहेको तथ्याङ्क पोर्टल खण्डमा गई एनएसओ डाटा पोर्टलमा क्लिक गरेर समेत यस पोर्टलमा पुग्न सकिन्छ ।

यस पोर्टलबाट कार्यालयबाट प्रकाशित सबै खालका तथ्याङ्कमा प्रयोगकर्ताको पहुँच बिस्तार भई आवश्यकता अनुसारका तथ्याङ्कहरु प्रयोग गर्न सहज हुने विश्वास लिइएको छ ।

यस पोर्टलमा प्रकाशित तालिकाहरु यस पोर्टलमा प्रकाशित तालिकाहरु एक्सल र सीएसभी फर्म्याटमा समेत उपलव्ध छन ।पोर्टलमा उपलब्ध तथ्याङ्क प्रयोगकर्ताले स्पष्टसँग बुझ्न सकुन् भन्ने उद्धेश्यले इनफोग्राफिक्स्मा समेत प्रस्तुत गरिएको छ।

पोर्टलमा विभिन्न विषयका दुई हजार ४६० भन्दा बढी डाटा सेट उपलब्ध छन्। प्रयोगकर्ताको सहजताका लागि कृषि, आर्थिक सर्वेक्षण, वातावरण, श्रम, उद्योग, राष्ट्रिय लेखामान, गरिबी, जनसंख्या, मूल्य सूचक तथा सामाजिक गरी छुट्टाछुट्टै रुपमा विभिन्न १२ वटा क्षेत्रगत तथ्याङ्क पोर्टलमा राखिएका छन् । प्रयोगकर्ताले पोर्टलमा रहेको सर्च बटन ९जहाँ आवश्यकता अनुसार डाटा खोज्नुहोस् लेखिएको छ० मा गएर आफुलाई आवश्यक पर्ने डाटा टाइप गरी सजिलै खोज्न र पाउन सक्नेछन् ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको