Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeखेलतेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

ललितपुर, मंगलबार, १८ मङ्सिर २०८१ । ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भेट्रान खेलाडी कुमार मोहनबहादुर शाहीले उद्घाटन गर्नुभयो ।प्रतियोगिताको पहिलो दिन पुरुष एकलमा वरीयताप्राप्त खेलाडी भोजपुरका बिशाल तामाङ्ग र एपिएफका भोजबहादुर गुरुङ्गले विजयी सुरुवात गर्नुभएको छ ।

तामाङ्गले नेपाल पुलिसका हिराबहादुर राईलाई २१–१७, २१–५ र गुरुङ्गले ललितपुरका सुविन श्रेष्ठ (ए) लाई २१–११, २१–११ ले हराउनुभयो । कैलालीका शिषिर रानाले दार्चुलाका पप्पु पाललाई २१–१०, २१–१४ र युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीले महोत्तरीका इशान झालाई २२–२०, २०–२२, २१–१३ ले पराजित गर्नुभयो ।

एपिएफका क्षितिज खनालले युनिटी ब्याडमिन्टन एकेडेमीका नरेन्द्र बमलाई २१–१५, २१–१८, सेनाका सौर्य महर्जनले गार्खाका मुकुल गुरुङ्गलाई २१–१३, २१–१६, पुलिसका पूर्ण बहादुर थापाले काभ्रेका अंकित भोछिभ्वयलाई २१–१२, २१–९ले हराउनुभयो । पाँच दिने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको