Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeपत्रकार महासंघ विशेषपत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ, मंगलबार, १८ मङ्सिर २०८१ । तोकिएको समयमा निर्वाचन हुन नसकेको नेपाल पत्रकार महासंघको फेरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिनुभयो ।

संयोजक खनालका अनुसार नयाँ निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ताको समय मंसिर २१ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ । उम्मेदवारको नामावली प्रकाशन त्यसै दिन साँझ ५ बजे हुनेछ । यस्तै उम्मेदवारमाथि दाबी विरोध गर्न पाउने त्यसै दिन साँझ ५ बजेदेखि मंसिर २१ गते साँझ ७ बजेसम्म तोकिएको छ ।

कार्यतालिका अनुसार उम्मेदवारले मनोनयन फिर्ता लिने मंसिर २१ गते बिहान १० बजे र उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २२ गते बिहान ११ बजे रहेको छ ।

कार्यतालिका अनुसार मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ भने त्यसै दिन मतदानको लागि तोकिएको समय सकिएपछि मतगणना सुरु हुनेछ ।

कार्यतालिका अनुसार प्रदेश समितिको मनोनयन दर्ता मङ्सिर २४ गते र जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई केन्द्रीय निर्वाचन समितिले आग्रह गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने मतदाताको नामावली मंगलबार बिहान नै सार्वजनिक भइसकेको छ ।

महासंघका अध्यक्ष विपुल पोखरेलले महासंघको तोकिएको मितिमा निर्वाचन गराउन असफल भएपछि महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राजीनामा दिनु भएको थियो ।

विष्टले पुन निर्वाचन कार्यतालिका सार्वजनिक गरेर निर्वाचन गराउन नसकेपछि उहाँले पनि राजीनामा दिएका थिए भने अहिले महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा उपाध्यक्ष बाला अधिकारी रहनु भएको छ ।

महासंघको प्रदेश तथा जिल्ला अध्यक्षको गत असोज १० मा भक्तपुरमा सम्पन्न राष्ट्रिय भेलाले मङ्सिर २८ गते निर्वाचन गर्ने मिति तय गरेको थियो । अहिलेसम्म करिव ५ पटक निर्वाचनेको मिति तोकिए पनि महासंघको निर्वाचन हुन सकिरहेको छैन ।

महासंघको निर्वाचन नै गराउन नसकेकाले यस पटकको महासंघको कार्यसमितिलाई इतिहासकै सबैभन्दा कमजोर कार्यसमिति रहेको पत्रकारले टिप्पणी गर्दै आएका छन् ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको