काठमाडौँ, मंगलबार, १७ मङ्सिर २०८१ । नेपाल पत्रकार महासङ्घको जिल्ला तथा प्रदेश अध्यक्षहरूको १९ असोज राष्ट्रिय भेलाले मङ्सिर २८ गते शुक्रवार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेसंगै पत्रकार महासंघको निर्वाचनको चहलपहल बढेको छ ।
प्रेस स्वतन्त्रताको रक्षा, व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकास र पत्रकारको श्रम अधिकार संरक्षणजस्ता आदर्शमा अडिग नेपाल पत्रकार महासंघलको आगामी मंसिर २८ गतेका दिन नयाँ नेतृत्व चयनका लागि निर्वाचनको सुनिश्चित भएको नेपाल पत्रकार महासङ्घ
का व अध्यक्ष बाला अधिकारीले बताउनु भयो ।
उहाँले जसका कारण पत्रकारितामा जीवन दिनुभएका अग्रजहरू जसका हातमा कलमले बनाएका ठेलाहरू अझै ताजैछन्, कति अनुजहरूलाई कर्म क्षेत्रमा भेटिरहेका छौँ । पत्रकारितामा निरन्तर क्रियाशील भएपनि कतिपय प्राविधिक र कतिपय असावधानीका कारण सदस्य हुनबाट छुट्नु भए बताउदै महासंघ पत्रकारहरूकै संगठन भएकाले कसैलाई पनि नियत राखेर सदस्यताबाट वञ्चित नगरिएको बताउनु भयो ।
प्राविधिक कारणले आगामी मङ्सिर २८ गते शुक्रबार सम्पन्न हुने निर्वाचनमा धेरै क्रियाशील पत्रकारहरु मताधिकारबाट वञ्चित हुनुभएपनि आगामि निर्वाचनबाट आउने नयाँ कार्यसमितिले सदस्यता निरन्तर कायम हुने गरी नवीकरण गराउने प्रबन्ध मिलाइने का व अध्यक्ष बाला अधिकारीले बताउनु भयो ।
निर्वाचन मार्फत नयाँ नेतृत्वलाई आगामी कार्यभार सुम्पिने स्वर्णिम अवसरलाई सफल पार्नका लागि सामुहिक प्रयासमा सहयोग गर्न तथा योगदान पुयाउन नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा पदाधिकारी सदस्यहरु, पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, एशोसिएट संस्थाहरु, सबै जिल्ला तथा प्रतिष्ठान शाखा र सदस्यसहित पत्रकारिता क्षेत्रका सबै संस्था तथा सरोकारवालालाई उहाँले अपिल गर्नुभयो ।
यदि नेपाल पत्रकार महासंघमा निर्वाचन भएन र महासंघको वैधानिक प्रक्रिया अवरुद्ध भयो भने सरकारी डण्डाको मार यसले पनि सहनुपर्ने हुन्छ । यस्तो तीतो यथार्थलाई अनुभव गरी नेपाल पत्रकार महासंघको जीवन संस्थागत गराउनुपर्छ । निर्धारित समयमा निर्वाचन हुनसके निश्चय पनि नेपाल पत्रकार महासंघको औचित्य पुष्टिमात्रै हुँदैन प्रेसका अधिकारको सुरक्षक छाताको मर्यादा पनि कायम हुनेछ । दलीय स्वार्थको बन्दी नभएर प्रेसको मर्यादाको सम्मान गरौं । आजको आवश्यकता यही नै हो ।
नेपाल पत्रकार महासंघ सबै विधाका पत्रकारहरूको गजूर हो र यसलाई छाता संगठनका रूपमा परिभाषित गरिएको छ । ०४६ पहिले यो संस्थालाई सत्ताको सेबक वनाइएको थियो । ०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट चालिएको गैरप्रजातान्त्रिक कदमले स्वतन्त्र प्रेसको मर्यादा, मूल्य र सिद्धान्तलाई तहसनहस पारेको थियो । ०३६ को जनमत संग्रहका अवसरमा केही हलुका भयो र स्वतन्त्र प्रेसको संघर्ष सशक्त हुन लाग्यो । त्यसपहिले पत्रकारहरूले तिनोटा दण्ड एउटै अभियोगमा सहनु पथ्र्यो । पत्रकारको पक्राउ कैद जरिवाना, प्रेसमा सिलबन्दी र पत्रिका जफ्त एकै पटक एउटै अभियोगमा हुने गथ्र्यो । ०३८ को संविधानले यो अवस्थाको अन्त्य गरे पनि पूर्ण स्वतन्त्रता दिएको थिएन । नेपालको इतिहासमै पहिलो पटक ०४८ को संविधानमा अकुण्ठित मौलिक हकको व्यवस्था गर्ने प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र संविधान निर्माण गर्ने विश्वनाथ उपाध्याय सदा स्मरणीय हुनुहुन्छ । प्रतिपक्षको आवाजलाई प्रस्तुुत गर्न प्रेसलाई समर्थन र सहयोग गर्ने पहिलो प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला हुनुहुन्थ्यो । यी इतिहासका कर्महरू नेपाली प्रेसको इतिहासमा स्वर्णाक्षरले लेखिने छन् ।
नेपाल पत्रकार महासंघको औपचारिक संस्थागत विकासको नेतृत्व जसले जे भने पनि कृष्णप्रसाद भट्टराईको सभापतित्वबाट आरम्भ भएको थियो । त्यसअघि सत्यनारायाण श्रेष्ठले प्रयास गर्नुभएको तथ्य पनि बिर्सनु हुँदैन । यसरी हेर्दा नेपाल पत्रकार महासंघको विगतले सातदशक पार गरेको छ । अनेक उकाली ओरालीका कठिन क्षणहरूको सामना गर्दै यहाँसम्म आएको नेपाल पत्रकार महासंघ पत्रकारहरूको हातबाट फुत्कनु हुँदैन भन्नेमा सबैको सचेतता हुनु आवश्यक छ ।