काठमाडौँ, मंगलबार, १७ मङ्सिर २०८१ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की देवकी तिमल्सिना निर्वाचित भएकी छन् । उनी कांग्रेसकी सविता बुढालाई ४३ मतले हराउँदै निर्वाचित भएकी हुन् ।
निर्वाचित भएकी तिमिल्सिनाले एक हजार ६३७ मत पाइन् । उनकी निटतम प्रतिद्वन्द्वी बुढाले एकहजार ५९५ मत ल्याइन् । तेस्रो भएकी एमालेकी जाना शाहीले ११ सय ३२ मत ल्याइन् ।
त्यस्तै, राप्रपाकी संगीता शाहीले ५१ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बाँचा बुढाले २५ मत ल्याइन् ।
०७९ मा माओवादीका चन्द्रसिंह कार्कीले तीन हजार २६९ मत ल्याएर निर्वाचित भएका थिए ।