Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeबिशेषनर्सिङ संघलाई नेपालभर विस्तार गर्ने प्रा चन्द्रकला शर्मा संयुक्त प्रगतिशील समूहको प्रतिबद्वता

नर्सिङ संघलाई नेपालभर विस्तार गर्ने प्रा चन्द्रकला शर्मा संयुक्त प्रगतिशील समूहको प्रतिबद्वता

शनिबार, शनिबार, २२ मङ्सिर २०८१ । नर्सिङ संघलाई नेपालभर विस्तार गर्ने प्रा चन्द्रकला शर्मा संयुक्त प्रगतिशील समूहको प्रतिबद्वता रहेको छ । २०औं कार्यसमिति चयनका लागि आगामी मंसिर २८ गते हुन गइरहेको नेपाल नर्सिङ संघमा अध्यक्ष पदमा मैले संयुक्त प्रगतिशील समूहको तर्फबाट उम्मेदवारी दिएकी छु । अध्यक्षमा निर्वाचित भएपश्चात् विगतका कार्यसमितिले गरेका उपलब्धिहरुलाई संस्थागत गर्दै अगाडि बढ्ने योजना रहेको प्रा चन्द्रकला शर्माले बताउनु भयो ।

यस क्रममा समाधान हुन नसकेका समस्याहरुलाई सम्बोधन गर्न, पेसागत हक, अधिकार र मर्यादालाई व्यवस्थित गर्न, श्रमको उचित सम्मान गर्न र काम आधारमा पारिश्रमिकको सुनिश्चितता गर्न र सिंगो पेसालाई नै सम्मानित सेवा क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता गर्न चाहन्छु, उहाँले भन्नुभयो ।

त्यसका साथै निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई समेत नेपाल सरकारले तोके बमोजिमको तलब र सुविधा दिनका लागि पैरवी गर्ने, महिला कार्यरत सबै संस्थाहरुमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र बनाउन पैरवी गर्ने, विद्यालय नर्स कार्यक्रममा सबै बिद्यालयमा दरबन्दी विस्तार, स्थायी दरबन्दीको व्यवस्था, सुत्केरी भएको २ वर्षसम्म तथा ५० वर्ष नाघेकाहरुलाई रात्रि सेवा नगराउने लगायतका प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यस्तै विशिष्टीकृत योग्यता भएका नर्सहरुलाई योग्यता अनुसारको कार्य दिने, संघलाई नेपालभर विस्तार गर्ने, संघको सदस्य बन्नका लागि डिजिटल सेवा लगायतका २८ बुँदे प्रतिबद्धता सहित उहाँले अध्यक्षमा उम्मेदवारी दिएको बताउनु भयो ।

को को छन् उम्मेद्धार ?

प्राध्यापक चन्द्रकला शर्मा अध्यक्ष रहेको यो समूहमा बरिष्ठ उपाध्यक्षमा प्राध्यापक रमेश सुब्बा रहेका छन् । यस्तै उपाध्यक्षमा बबिता घिमिरे, महासचिव डा देवकाकुमारी आचार्य, सचिव बेली पौडेल र कोषाध्यक्षमा तुलसा देवी अधिकारी रहेका छन् ।

सदस्यहरुमा खुल्ला तर्फ मेनुका पोखरेल, जनजाती तर्फ हरिप्रसाद कोजु, आदिवासीबाट कला बस्याल गुरुङ र दलित तर्फ कोपिला विश्वकर्माले उम्मेद्धारी दिएका छन् ।

यस्तै पासपति जैयसवाल मधेशी, सवेनाज बेगम मुस्लिम, जानुका मोक्तान अनमी, शान्ति कुमारी विश्वकर्मा अनमी तर्फबाट सदस्यमा उम्मेद्धारी दिएका छन् । यस्तै नर्सिङ परिषद सदस्य तर्फ राधादेवी आचार्य, सुमिता पाठक र राजदेवी अधिकारीको उम्मेद्धारी परेको छ ।

कुल १५ हजार ५४९ मतदाता रहेको संघको निर्वाचनका लागि २० वटा मतदान केन्द्र तय गरिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको