Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeराजनीतिगोरखाकाे ९ पालिकामा माओबादीकाे नयाँ नेतृत्व चयन

गोरखाकाे ९ पालिकामा माओबादीकाे नयाँ नेतृत्व चयन

गोरखा, मंगलबार, २ पौष २०८१ । गोरखाकाे ११ स्थानिय तह मघ्ये ९ वटामा नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । सम्मेलनबाट अघिकांस पालिकामा नयाँ नेतृत्व चयन गरेको पार्टीका जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिए ।

११ पालिका मध्ये २ नगरपालिका र ७ गाउँपालिकाको पार्टीको सम्मेलन सम्पन्न भइसकेको उनले बताए । २ पालिका मघ्ये सिरानचाेकमा अघ्यक्ष चयन गर्न बाँकी रहेकाे र चुमनुब्री गाउँपालिलकामा भेला हुन बाँकी रहेकाे उनले जानकारी दिए ।

हिजाे सोमबारसम्म सम्पन्न भएका मघ्ये गोरखा नगरपालिका पार्टी समितिको तेस्रो सम्मेलनले रामहरी केसीको अध्यक्षतामा ४९ सदस्सीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा गोबिन्द भट्टराई, बिष्णुप्रसाद श्रेष्ठ, शर्मिला आले, सचिवमा हरि खनाल, सह-सचिवमा सुक बहादुर नेपाली र कोषाध्यक्षमा दन्डपाणी कट्टेल चयन भएको छ ।

त्यस्तै पालुङटार नगरपालिकाको तेस्रो सम्मेलनबाट मदन देवकोटा नगरपार्टी समितिको अध्यक्षमा चयन भएका छन् । चयन भएकाे समितिको उपाध्यक्षमा शर्मिला बगाले, विकास वाग्ले र असोक मरहट्टा, सचिवमा शंकरराज कंडेल, सह-सचिवमा बालकृष्ण देवकोटा र कोषाध्यक्ष्मा चक्रबहादुर तामाङ रहेका छन् ।

सहिद लखन गाउँपालिका पार्टी समितिको सम्मेलनबाट धु्रब खनाल अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा कृष्ण श्रेष्ठ, लिला श्रेष्ठ, भरत खनाल चयन भएका छन् । त्यस्तै सचिवमा अमृतबाबु श्रेष्ठ, सह-सचिवमा आँचल गुरुङ र कोषाध्यक्षमा गीता परियार चयन भएको पार्टी सचिव अकुर तिमल्सिना (आयाम) ले जानकारी दिए ।

उनका अनुसार भीमसेन थापा गाउँपालिका पार्टी समितिको सम्मेलनबाट विनोद पाण्डे पुनः अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा सागर श्रेष्ठ, नारायण श्रेष्ठ र मदन शाक्य, सचिवमा रनिल राना, सह-सचिवमा यशोधा खनाल कट्टेल र कोषाध्यक्षमा सम्झना बसेल चयन भएका छन् ।

त्यस्तै अजिरकोट गाउँपालिका पार्टी समितिको सम्मेलनबाट अध्यक्षमा कृष्णबहादुर गुरुङ, उपाध्यक्षमा बाबुराम अधिकारी, एलिना गुरुङ र एकबहादुर मगर, सचिवमा मनोज गुरुङ, र सह-सचिवमा दिपक बिकं चयन भएका छन् ।

उता बारपाक सुलिकोट गाउँपालिकाको सम्मेलनबाट अध्यक्षमा नरबहादुर गुरुङ्ग पुनः चयन भएका छन् । उपाध्यक्षमा कृष्ण गुरुङ्ग, शुभप्रभात नेपाली, पुर्णबहादुर गुरुङ्ग, सचिवमा राजकुमार गुरुङ्ग, सह-सचिवमा नवराज तामाङ र कोषाध्यक्ष सृजना श्रेष्ठ (चौधरी) चयन भएकाे सचिव आयामले बताए ।

त्यस्तै आरुघाट गाउँपालिका पार्टी समितिको सम्मेलनबाट अध्यक्षमा विष्णुप्रकाश खड्का, उपाध्यक्षमा कृष्णबहादुर नेपाली, राजकुमार ढकाल, सोवित श्रेष्ठ, सचिवमा गमबहादुर गुरुङ, सह-सचिवमा रमेश तिमल्सिना र कोषाध्यक्षमा सीमा परियार चयन भएका छन् ।

गण्डकी गाउँपालिकाको सम्मेलनबाट अध्यक्षमा मिलन मगराती (संगम),उपाध्यक्षमा रामप्रसाद रेग्मी, तुलसी रेग्मी र पहलमान बयलकोटी, सचिवमा एकबहादुर थापा, सह-सचिवमा नेत्र चेपाङ, र कोषाध्यक्षमा मिना पन्त चयन भएका छन् ।

त्यस्तैगरी, धार्चे गाउँपालिका पार्टी समितिको अध्यक्षमा सूर्यवहादुर गुरुङ, उपाध्यक्षमा मिनबहादुर सुनार, इन्द्रबहादुर गुरुङ र किसान गुरुङ, सचिवमा सरोज गुरुङ, सह-सचिवमा सुशील गुरुङ, कोषाध्यक्षमा प्रविना गुरुङ चयन भएकाे सचिव आयामले जानकारी दिएकाे छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको