Thursday, November 13, 2025
12.1 C
Kathmandu
Homeप्रदेश विशेषतमु ल्होसारको अवसरमा गोरखाको लाप्राकमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने

तमु ल्होसारको अवसरमा गोरखाको लाप्राकमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने

गोरखा, बिहीबार, ४ पौष २०८१ । धार्चे गाउँपालिका–४ लाप्राकमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । तमुहरुको महान चाड तमु ल्होसारको अवसरमा तमु.क.प्ये.ल्हु.संघ गोरखा जिल्ला लाप्राक इकाई समितिको आयोजना तथा तमु ल्होसार मुल आयोजक समितिको साझेदारीमा पुरुष तथा महिला भलिबलसहित विभिन्न खेलकुद प्रतियोगिता हुने लागिएको हो ।

आगामि पुस १५ गतेदेखि १९ गतेसम्म हुने जिल्लास्तरीय पुरुषतर्फको भलिबल प्रतियोगिताका बिजेताले ६० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने तमु.क.प्ये.ल्हु.संघ गोरखा जिल्ला लाप्राक इकाई समितिका सह–सचिव सागर गुरुङले बताए । द्वितीय हुनेले ४५ हजार नगद साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

तृतीय हुनेले ३५ हजार नगद साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । महिला तर्फको बिजेता टिमले २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताएको छ । यस्तै द्वितीयले १५ हजार नगद साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने तृतीयले मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताएको छ ।

प्रतियोगितामा सहभागि हुन पुरुष तर्फ ६ हजार र महिलातर्फको २५ सय दर्ता शुल्क तोकिएको छ । खेलाडी संख्या अतिरिक्तसहित ९ जना खेलाडी अनिवार्य जर्सीमा हुनु पर्ने उनले जानकारी दिए । भलिबल प्रतियोगितामा सहभागी हुनका लागि आगामी पुस १५ गते बेलुकासम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजक समितिले जनाएको छ ।

सो कार्यक्रमको अवसरमा छयेलो फाल्ने, डोरी तान्ने, हाँडी फुटाई, बाँस चडाई र रनिङ नाँच पनि हुने आयोजकले जनाएको छ । रनिङ नाँच बाहेक सम्पूर्ण खेलका बिजेताले एक/एक वटा लोकल भाले प्राप्त गर्नेछन् । रनिङ नाँचका बिजेतालाई विविध सामग्रीको व्यवस्था गरिएको गुरुङको भनाई छ ।

‘गुरुङ भाषा, संस्कार हाम्रो पहिचान, यसको संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ हुन लागेको उक्त कार्यक्रममा गुरुङ समुदायमा प्रचलित परम्परा झल्काउने घाँटु नाँच, बोन लम नाँच, पच्यु नाँच, पैडी, स्यार्का नाँच र मकै बिबाह जस्ता कार्यक्रमहरु समेत प्रर्दशन रहने तमु ल्होसार मूल आयोजक समितिले जनाएको छ ।

spot_img
spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img