Thursday, November 13, 2025
12.1 C
Kathmandu
Homeपालिका विशेषमाछीखोला जलविद्युत आयोजनाको निर्माण रोक्न धार्चे गाउँपालिकाको आग्रह

माछीखोला जलविद्युत आयोजनाको निर्माण रोक्न धार्चे गाउँपालिकाको आग्रह

गोरखा, बिहीबार, ४ पौष २०८१ । गोरखाको धार्चे गाउँपालिकाले जथाभाबी उत्खनन तथा निर्माण कार्य बन्द गर्न माछीखोला जलविद्युत आयोजनालाई पालिकाले आग्रह गरेको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा–३ र ५ जोड्ने रेसे खोलामा १६ मेगावाटको जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ तर, निर्माण कार्य सुरु हुनु भन्दा अधि सम्बन्धित निकायलाई बिना जानकारी वातावरण प्रभाव मुल्याकंनको मापदण्ड विपरित जथाभावी उत्खनन गरेको भन्दै गाउँपालिकाले काम बन्द गर्न आग्रह गरेको हो ।

‘ रेसे खोलामा अहिले जथाभावी डोजर लगाएको छ,’ गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, जथाभाबी डोजर चलाएको छ ‘हामी अनुगमन गर्न जादाँ पहिले माथिबाट डोजरले खनेर बाटो बनाएकोमा अहिले बाटो नै परिवर्तन गरेर अर्को बाटो डोजर चलाएपछि तत्काल निर्माण कार्य रोक्न अनुरोध गरेको उहाँले बताउनु भयो ।’ यसरी जथाभावी डोजर लगाउँदा माछिखोला रेसे सडकमा क्षति पुगेको र सिङ्ला गाउँ र माछिखोला बजारमा पहिरो जोखिम बढेको उहाँले बताउनु भयो । साथै, उहाँले आर्थिक, भौतिक तथा मानवीय क्षति भएको पिडित परिवारका सदस्यले पालिकामा राहत उपलब्ध गराई पाउ भनी बिबेदन दिएको बताउनु भयो ।

जथाभावी डोजर लगाएर प्राकृतिक स्रोत साधनको दोहन एवं वन क्षेत्रमा हानी नोक्सानी पुर्‍याउने काम आयोजनाले गरेको पालिकाले जनाएको छ । सम्बन्धित निकायको स्वीकृती बिना उक्त काम भएको भन्दै उहाँले आपत्ति जनाउनु भयो ।

‘वन मन्त्रालय लगायतका सम्बन्धित सबै निकायबाट स्वीकृती नलिई डोजर नचलाउनु भनेर पत्राचार समेत गरेका थियौ, तर अटेर गर्नुभयो,’ गुरुङले भन्नुभयो, ‘उहाँहरुले जथाभावी डोजर लगाउँदा साउन १३ गते घर बस्तिमा बाढीबाट पाँच जनाको ज्यान समेत गयो ।’ उक्त पहिरोमा घाइते भई हाल उपचाररत दुई जनाले हाइड्रोबाट उपचार खर्च समेत नपाएको भनी पालिकामा निवदेन समेत परेको उहाँले जानकारी गराउनु भयो ।

स्थानीय सरकार र सरोकारवालासँग आवश्यक छलफल र समन्वय गरेर मात्र अघि बढ्न पालिका अध्यक्ष गुरुङले सुझाव दिएका छन् । स्थानीय सरकार संचालन ऐन २०७४ मा प्राकृतिक स्रोत साधन तथा वन जंगलको संरक्षण, अनुगमन तथा नियमन गर्ने अधिकार स्थानीय तहलाई रहेको पालिकाले जानकारी समेत गराएको छ ।

जथाभावी डोजर लगाएर प्राकृतिक स्रोत साधनको दोहन एवं वन क्षेत्रमा हानी नोक्सानी पुर्‍याउने काम आयोजनाले गरेको पालिकाले जनाएको छ । सम्बन्धित निकायको स्वीकृती बिना उक्त काम भएको भन्दै उहाँले आपत्ति जनाउनु भयो ।

वाटर इनर्जी डेभलपमेन्ट प्रालि काठमाडौंले उक्त क्षेत्रमा जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

spot_img
spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img