Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeराजनीतिनेता डा. शेखरलाई भावी सभापति भन्दै नेता कार्यकर्ताको नाराबाजी

नेता डा. शेखरलाई भावी सभापति भन्दै नेता कार्यकर्ताको नाराबाजी

धनगढी, शुक्रबार, ५ पौष २०८१ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सुदुरपश्चिम यात्रामा निस्किएका छन्। १५ औँ महाधिवेशनमा सभापतिबाट हत्याउने दाउमा रहेका शेखर देश दौडाहामा लागेका हुन् ।

कोइरालाको साथमा सांसद सुनिल शर्मा, हृदयराम थानीलगायतका नेताहरु सहभागी छन्। कोइरालाले सुदुरपश्चिका ९ जिल्ला सभापतिसहित नेता कार्यकर्तासँग भेट गर्ने तय भएको छ ।

मंसिर १८ कोशी प्रदेशका पालिका सभापति भेला राखेका कोइरालाले सभापति शेरबहादुर देउवाको गृहजिल्लाबाट आफ्नो शक्ति परिक्षण गर्न लागेका हुन्। सुदूरपश्चिमको भ्रमणमा निस्केका कोइरालालाई धनगढीमा १५ किलोको मालाले स्वागत गरिएको छ ।

देउवाको गृहप्रदेशमा पुगेका कोइरालालाई धनगढी विमानस्थालमा भेला भएका पार्टी नेता कार्यकर्ताले ‘भावी सभापति शेखर कोइराला जिन्दावाद, सुदूरपश्चिमले के भन्छ, शेखर दाईलाई ले भन्छ’ भन्दै नाराबाजी गरेका थिए ।

१५ औं महाधिवेशनको तयारीमा रहेका नेता कोइरालाले ०८२ मंसिरभित्रै महाधिवेशन गराउनुपर्ने दबाब बढाइरहेका छन्। उनले आफ्नो सभापति देउवा र महामन्त्री गगन थापासँग कुनै विवाद नरहेको बताए ।

धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘१५ औँ महाधिवेशनमा मेरो सभापति दाबी स्वभाविक हो। अब महाअधिवेशन आउन १ वर्ष मात्र बाँकी भएकाले तयारीमा लागेको हुँ ।’

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको