Friday, March 28, 2025
29.1 C
Kathmandu
Homeशिक्षाडिग्री गर्ने गोरखा मकैसिङकी चेपाङ महिला सम्मानित

डिग्री गर्ने गोरखा मकैसिङकी चेपाङ महिला सम्मानित

चितवन, आइतबार, ७ पौष २०८१ । चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित हुनुभएको छ । शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उहाँ सम्मानित हुनुभएको हो ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बन्नुभएको बताउनुभयो ।

विसं २०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका–६ धादिङमा जन्मिनुभएका रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका–१ मा विवाह गरेर आउनुभएको हो । उहाँ स्नातकोत्तर तह ९एमएड० उत्र्तीण गर्ने चेपाङ समुदायबाट जिल्लाकै पहिलो बन्नुभएको छ । रमिला २०७६ सालदेखि शिक्षण पेशामा आबद्ध हुनुहुन्छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको