Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeआईपीएम फलोअपलोकतान्त्रिक राज्य व्यवस्थामा सत्ता पक्षलाई खबरदारी गर्ने स्वतन्त्र निकायको रुपमा पत्रकारिता

लोकतान्त्रिक राज्य व्यवस्थामा सत्ता पक्षलाई खबरदारी गर्ने स्वतन्त्र निकायको रुपमा पत्रकारिता

काठमाडौँ, बिहीबार, ११ पौष २०८१ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्य समितिलाई आग्रह गर्नुभएको छ ।

सञ्चार मन्त्रालयमा बिहीबार महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई एवम् शुभकामना दिनुहुँदै मन्त्री गुरुङले पत्रकारिता क्षेत्र स्वतन्त्र र स्वनियमन हुन आवश्यक रहेको बताउनुभयो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले लोकतान्त्रिक राज्य व्यवस्थामा सत्ता पक्षलाई खबरदारी गर्ने स्वतन्त्र निकायको रुपमा पत्रकारिता रहेको हुँदा पत्रकार स्वयम् राजनीतिकरणबाट मुक्त हुनुपर्ने धारणा राख्नुभयो । “पत्रकार राजनीतिकरणबाट मुक्त हुनुपर्छ,” उहाँले भन्नुभयो, “र स्वव्यवस्थित हुनेमा पनि जोड दिनुपर्छ ।”

पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन मिडिया विधेयक बन्ने क्रममा रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । पत्रकारिता पेशा जोखिमपूर्ण र अस्थिर भएको औंल्याउनुहुँदै यसलाई व्यवस्थित गराउन आफु सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले पत्रकार महासंघका पदाधिकारीलाई बधाई दिनुहुँदै मन्त्रालय सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सूचना तथा प्रशासर विभागका महानिर्देशक प्रदीप परियारले पत्रकारिताको हितमा सधैँ सकरात्मक रहेको बताउनुभयो ।

महासंघका नव निर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकारका पेशागत चुनौतीहरु हुँदाहुँदै पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सधैँ पत्रकार महासंघ उभिएको बताउनुभयो । पत्रकारको न्यूनतम पारिश्रमिकको समस्या, पेशागत चुनौती र शारिरीक एवम् मानसिक समस्याहरु रहेको उहाँले सुनाउनुभयो । समय अनुसार न्युमिडियामा दक्ष पत्रकार जन्माउन प्रशिक्षणको आवश्यक भएको बताउनु हुँदै उहाँले पत्रकार महासंघ पत्रकारका हितमा योजनाबद्ध ढङ्गले कार्य थालनी गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको