Friday, March 28, 2025
29.1 C
Kathmandu
Homeप्रदेश विशेषअजिरकोट र बारपाक सुलीकोट गाउँपालिकाको पहलामा ७.३० कि मि सडक कालोपत्रे हुदै

अजिरकोट र बारपाक सुलीकोट गाउँपालिकाको पहलामा ७.३० कि मि सडक कालोपत्रे हुदै

गोरखा, शुक्रबार, १२ पौष २०८१ । गोरखाको अजिरकोट गाउँपालिकाको सिम्जुङ–महाभीर र बारपाक सुलीकोट गाउँपालिका–३ जोड्ने मुख्य सडक झण्डै १५ वर्षपछि कालोपत्रे हुने भएको छ । दई पालिका जोड्ने मुख्य सडक भएकाले अजिरकोट गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकाका विशेष पहलामा झण्डै ७.३० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो ।

वि.स २०६६ सालमा तत्कालिन सिम्जुङ गाउँ विकास समितिले ट्रयाक मार्ग खुलाए पनि १५ वर्षपछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार कार्यालय गोरखामार्फत कालोपत्रे गर्न लागेको अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले जानकारी दिनुभयो । सडक कालोपत्रे हुने भएपछि दुई गाउँपालिकाका स्थानीयहरु सहजै बिना सास्ती एक गाउँपालिकाबाट अर्को गाउँपालिकामा पुग्न एक घण्टाबाट घटेर २० मिनेटमा पुग्न सकिने भएको बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टको भनाइ छ ।

सडक कालोपत्रे योजनाका लागि एमएस कर्न नवकान्तिपुर जेभी कम्पनीसँग २०८० साल असार २० गते सम्झौता भएर काम अघि बढेको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो । २०८२ साल असार १९ गते सम्पन्न गर्नुपर्ने कालोपत्रे समय सीमा भित्र रहेर काम सम्पन्न हुने गरी निर्माण कम्पनीले लगभग अन्तिम चरणमा पुर्‍याएको उहाँको भनाइ छ ।

विषेशगरी अजिरकोट गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकासम्म सहजै आवतजावत गर्न सामान्य मर्मत गरेर सञ्चालन हुँदै आएको कच्ची सडकमा हिलो र धुलोको सामान गर्दै जोखिम र सास्तीपुर्ण यात्रा गर्दै आएकोमा सडक कालोपत्रे हुने भएपछि दुईपालिकाका स्थानीयहरू खुसी भएका छन् ।

गोरखाको पर्यटकिय गन्त्वयको रूपमा विकास हुँदै गएको अजिरकोट गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकाको उक्त सडक कालोपत्रे सम्पन्न भएपछि पर्यटकहरूलाई थोरै समयमा पनि दुई पालिकाका पर्यटकिय स्थल अवलोकन गर्न सकिने अजिरकोट गाउँपालिकाले जनाएको छ । साथै उक्त सडकले दुई पालिकालाई व्यापारीक फाइदा पुग्ने भएकाले पनि यस सडकको निकै महत्त्व छ ।

पूर्वाधार कार्यालय गोरखाको ३६ करोड ४७ लाख ७९ हजार ९ सय ३१ रुपियाँमा पूर्वाधार कार्यालय र एमएस कर्न नवकान्तिपुर जेभीसँग ७.३० किलोमिटर सडक कालोपत्रे र एक ठाउँमा पक्की नाली बनाउनुपर्ने सम्झौता उल्लेख छ । बाटोको ७ मिटर चौडाई र सबग्रेड सब बेस, बेस फाइनल भएकाले समय सीमाभन्दा ३ महिना अघि नै २०८१ सालको चैत सम्ममा कालोपत्रे सम्पन्न हुने विश्वास लिएको पुर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताउनुभयो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको