Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeराष्ट्रियविद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउनुहोस् : मन्त्री चौधरी

विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउनुहोस् : मन्त्री चौधरी

काठमाडौँ, शुक्रबार, १२ पौष २०८१ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विद्यार्थीमा अहिले मोबाइल चलाउने प्रवृत्ति बढिरहेको भन्दै विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लगाउन अभिभावकहरूसँग आग्रह गर्नुभएको हो ।

उहाँले खेलकुदले शारीरिक र मानसिकरूपमा स्वस्थ राख्नुका साथै खराब संगत गर्नबाट जोगाउने बताउनुभयो । उहाँले खाली समयमा विद्यार्थीलाई खेलकुदका गतिविधिमा संलग्न गराउन आवश्यक रहेको बताउनुभयो । मन्त्री चौधरीले बालबालिकालाई उनीहरूले चाहेको खेलकुदका विभिन्न विधामा खेलाउन आग्रह गर्नुभयो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको