Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeराजनीतितरुण दलको संशोधित विधान हस्तान्तरण

तरुण दलको संशोधित विधान हस्तान्तरण

काठमाडौँ, शनिबार, १३ पौष २०८१ । नेपाल तरुण दलको महाअधिवेशन तयारी तीव्र हुँदै गएको छ । नेपाल तरुण दल महाधिवेशन निर्देशन समिति संयोजक महालक्ष्मी उपाध्याय ‘डिना’ र समिति सदस्य नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंङ बस्नेतले हालका अध्यक्ष विद्वान गुरुङलाई संशोधित विधान हस्तान्तरण गरेका छन् ।

अधिवशेनका लागि २०८१ संशोधित विधान नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गरी नेपाली कांग्रेसकी सहमहामन्त्री उपाध्याय र पूर्व अध्यक्ष बस्नेतले हस्तान्तरण गरेका हुन् ।

महाधिवेशन निर्देशन समितिको बैठकले तरुण दलको जिल्ला कार्यसमितिको अध्यक्षको समेत जिम्मेवारीमा रहेका विभिन्न जिल्लाका व्यक्तिहरुलाई पार्टी र जिल्लाका केन्द्रीय सदस्यहरुसँग समन्वय गरी जिल्ला अधिवेशन गराउन संयोजक तोकिएको निर्देशनानुसार सूचना जारी गरिएकोसमेत जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको