Friday, March 28, 2025
29.1 C
Kathmandu
Homeप्रदेश विशेषनेपालगञ्जमा प्रादेशिक महोत्सव हुने

नेपालगञ्जमा प्रादेशिक महोत्सव हुने

बाँके, बुधबार, १७ पौष २०८१ । नेपालगञ्जमा माघ महिनामा दोस्राे प्रादेशिक महोत्सव आयोजना हुने भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले बुधबार नेपालगञ्जमा आयोजित कार्यक्रममा माघ १० देखि २२ गतेसम्म महोत्सव सञ्चालन गर्न लागिएको जानकारी दिइएको हो ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टंक धामीले जानकारी दिनुभयो । अध्यक्ष धामीले भन्नुभयो, “महोत्सवलाई भव्य बनाउनेतर्फ स्टल निर्माण सुरु गरेका छौं ।” मेलाअघि रोजगार मेला समेत सञ्चालन गरिने छ ।

महोत्सवमा ३५० स्टल राखिने महासचिव भीमबहादुर रानाभाटले जानकारी दिनुभयो । यसैबिच २०२४ सालमा स्थापना भएको सङ्घको ५७ औँ स्थापना दिवस बुधबार पूर्व अध्यक्षहरूलाई सम्मान गरी मनाइएको छ ।

पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ,नन्दलाल बैष्य र स्व‍. दामोदर आचार्यलाई सम्मान गरिएको छ । सङ्घले नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश र बाँके जिल्ला कार्यसमितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई पनि सम्मान गरेको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको