Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeआईपीएम फलोअपप्रेस चौतारीको दशौं राष्ट्रिय महाधिवेशन विराटनगरमा फागुन २३ देखि २५ गतेसम्म

प्रेस चौतारीको दशौं राष्ट्रिय महाधिवेशन विराटनगरमा फागुन २३ देखि २५ गतेसम्म

काठमाडौँ, बुधबार, १७ पौष २०८१ । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन आगामी फागुन २३ गतेदेखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बुधबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले फागुन २३ देखि २५ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको सचिव हरिबल्लभ नेपालले जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ गते विराटनगरमा हुने भएको हो । माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति तोकिएको छ ।

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका ईञ्चार्ज राजेन्द्र गौतमको बिशेष आतिथ्यतामा, संगठन विभाग सचिव माधव ढुंगेलको आतिथ्यतामा बसेको सचिवालय बैठकले महाधिवेशनको मिति तोकेको हो ।

बैठकले महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मुल ब्यवस्थापन समिति गठन गरिएको सचिव हरिबल्लभ नेपालले जानकारी दिनुभयो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले सङ्गठनको दशौँ महाधिवेशन तयारीको लागी विभिन्न उपसमितिसमेत गठन गरेको छ ।

महाधिवेशन मूल आयोजक समितिको संयोजक अध्यक्ष गणेश बस्नेत, राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन लेखनका लागि उपाध्यक्षद्वय गणेश पाण्डे र राजेश राई र महासचिव हिरामान लामा रहेको उपसमिति गठन गरेको छ ।

महाधिवेशनको प्रचार प्रसार उपसमिति संयोजक उपाध्यक्ष देवीका घर्ती मगरलाई तोकिएको छ । साथै, स्थानीय व्यवस्थापनको जिम्मा कोशी प्रदेश इन्चार्ज तथा सचिव विक्रम लुइँटेललाई दिइएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img