Tuesday, June 17, 2025
21.5 C
Kathmandu
Homeपालिका विशेषबडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापालाई उत्कृष्ट महिला जनप्रतिनिधि अवार्ड

बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापालाई उत्कृष्ट महिला जनप्रतिनिधि अवार्ड

गुल्मी । बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी शी लिड्स आइकन अवार्डबाट सम्मानित हुनुभएको छ । देशभरका महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान सहित प्रदान गरिएको ‘शी लिड्स आइकन’ अवार्ड थापाले प्राप्त गर्नुभएको हो ।

स्थानीय तहबाट प्राप्त एक सय ४० आवेदनमध्ये निर्णायक मण्डलद्वारा छनोट गरिएका २७ प्रेरणादायी महिला जनप्रतिनिधिबाट छनोट गरी उत्कृष्ट तीनलाई ‘आइकन’ घोषणा गरिएको हो । बडिगाड गाउँपालिका अध्यक्ष थापा सहित गौमुल गाउँपालिका बाजुराकी उपाध्यक्ष सीता थापा र सिगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी पनि उक्त अवार्डबाट सम्मानित हुनुभएको हो ।

कार्यक्रममा ‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता’ जस्ता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउएको भन्दै सम्मान गरिएको हो । शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको