काठमाडौँ, शनिबार, २७ पौष २०८१ । देशभरका महिला जनप्रतिनिधिमा बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा उत्कृष्ट हुनु भयो । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट छानिएर अध्यक्ष थापा “शी लिड्स आइकन” अवार्ड २०८१ बन्न सफल हुनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष १९ गते एक समारोहका बीच अवार्ड एवं प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता’ जस्ता क्षेत्रमा उत्कृष्ट योगदानका आधारमा स्थानीय सरकारका निर्वाचित महिला जनप्रतिनिधिहरुको सुकर्मलाई संचार गर्ने अभियान अन्तर्गत संचालित कल्प इम्पावर वेमेन नेपालले महिला जनप्रतिनिधिहरुले गरेको कामका आधारमा विभिन्न चरणमा मूल्याङ्कन गरेर अवार्ड दिएको हो । १२८ प्रतिस्पर्धीबाट निर्णायक मण्डलले २७ जना सर्टलिष्टमा छानेको थियो । जसमा तीन जना स्थानीय तह प्रमुख र बाँकी उपप्रमुख थिए ।
सुन्दर सयोंगको भूमि, गण्डकी प्रदेश। यहीँको बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको अध्यक्ष गण्डकी थापा अधिकारी हुनुहुन्छ। काली गण्डकीले शालिग्राम कुदे झैँ गण्डकी प्रदेशमा चेतना र संघर्षले कुदिएको नाम हो गण्डकी थापा अधिकारी ।
राजनीतिक वातावरणमा हुर्कनुभएको गण्डकी थापाले ११ वर्षको स्थायी जागिरबाट राजीनामा दिएर राजनीतिमा पाइला चाल्नुभयो । उहाँले विभिन्न तालिमहरू लिनुभएको छ – व्यावसायिक, सीपमूलक, सहकारी, महिला सशक्तीकरण, युवा र रोजगार सम्बन्धित तालिमहरू लिनु बहेको छ । जसले गर्दा उहाँलाई जनसेवामा लाग्न हरदम साथ दिईरहेका छन् ।
एम.एड. सम्मको अध्ययन पश्चात्, बिक्रम सम्बत् २०५४ सालमा नेपाली काँग्रेसबाट राजनीतिमा प्रवेश गर्नुभयो । कक्षा ९ मा पढ्दै गर्दा बिपी कोइरालाको लेखले उहाँलाई राजनीति के हो भन्ने सिकाएको उहाँलाई राजनीतिमा पहिलो औपचारिक जिम्मेवारी नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य तथा नेपाल महिला सङ्घको जिल्ला उपाध्यक्षको रूपमा प्राप्त भयो ।
उहाँको हजुरबुवा प्रधानपञ्च हुँदा नागरिकहरूको भीड न्यायको लागि आउँथ्यो । उहाँले हजुरबुबाले नागरिकहरूको सेवा गरेको देखेर राजनीतिमा लाग्ने प्रेरणा प्राप्त गर्नुभयो ।
स्थनीय तहको नेतृत्व पश्चात योजनाहरूको उपभोत्ता समितिको अध्यक्ष बनेर काम गर्ने महिलाहरुलाई प्रोत्साहन गर्नका निम्ति पालिकाद्वारा सम्मान कार्यक्रम, अभिभावक विहिन बालबालिका लागि पालिकाद्वारा बाल आवासको व्यबस्था गरी नि:शुल्क गास,बास,कपास र
स्वास्थ शिक्षाको व्यबस्थापनमा जोड दिनुभयो ।
साथै, उहाँले शिक्षामा डिजिटल सिकाई र नि:शुल्क शिक्षा सेवा आयोग संचलान,अपाङ्ग वृद्ध र दीर्घ बिरामीका लागि घरमै स्वास्थ्य उपचार सेवा, निःशुल्क स्वास्थ्य बिमा, सुरक्षित नागरिक आवास कार्यक्रम, मोटर बाटो विस्तार, विद्युत लाइन जडान, सञ्चार सेवा प्रवाह र आर्थिक गतिविधिहरू डिजिटलाइज गर्दै सार्वजनिक सुनुवाईको व्यवस्था, प्रत्येक महिनाको अन्तिममा पालिका गतिविधिहरू वेवसाइटमा सार्वजनिक गर्दै, सुशासन कायम गर्नका लागि आवश्यक ऐन र कार्यविधी निर्माण साथै प्राकृतिक प्रकोपबाट पिडित जनतालाई उद्दार गर्दै राहत वितरण र जनता संग पालिका अध्यक्ष कार्यक्रम सम्पन्न गर्नुभयो ।
संविधान कार्यान्वयनको चुनौती, नीतिगत र बजेटको अभाव, भौगोलिक विकटता, सीमित स्रोत र साधनका कारण उहाँले विभिन्न समस्याहरू सामना गर्नुभएको छ । महिला भएको कारण अवसर र चुनौती दुवै पाउनु भएको छ ।
उहाँलाई मुख्य पदमा नभई सहायक पदमा धेरै पटक सोधिने र सम्बोधन गरिने अनुभव छ ।
अगामी तीन वर्षमा गाउँपालिकाको खानेपानी समस्या समाधान गर्ने, अस्पताललाई व्यवस्थित बनाउने, मिर्गौला पीडितका लागि डायलिसिस सेवा सञ्चालन गर्ने, पोषणमैत्री र बालमैत्री गाउँपालिका बनाउने, महिलालाई उद्यमी बनाउन प्रोत्साहित गर्ने र आर्थिक रूपान्तरणको लक्ष्य
राख्नु भएको छ ।
राजनीतिमा नयाँ पुस्तालाई आकर्षण गर्न समाजका अगुवाहरूले सिर्जनात्मक युवाहरूलाई प्रोत्साहन गर्नुपर्ने अध्यक्ष गण्डकी थापा अधिकारी
बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, विगतको राजनीतिमा सुशासनको कमी भए पनि हाल केही सुधार भएको छ । विगतमा राजनीति गर्ने पार्टी र नेता प्रति सम्मान भाव थियो भने, अहिले सामाजिक सञ्जालबाट अपमान र अविश्वासको स्थिति सिर्जना भएको छ । जसले गर्दा समाजसेवा र
राजनीतिबाट पलायन हुने अवस्था बढेको बताउनुहुन्छ ।
गण्डकी थापा अधिकारीको संघर्ष र समर्पणले बडीगाड गाउँपालिकाको विकासमा वास्तविक र ठोस योगदान पुर्याएको छ । उहाँको जीवन एक प्रेरणादायी कथा हो, जसले समाजसेवा र राजनीतिमा समर्पणको महत्वलाई दर्शाउँछ।