Sunday, March 16, 2025
14.1 C
Kathmandu
Homeपालिका विशेषधार्चे गाउँपालिकाको हिउँदे गाउँसभा : करिव ८० लाख बजेट रकमान्तर

धार्चे गाउँपालिकाको हिउँदे गाउँसभा : करिव ८० लाख बजेट रकमान्तर

गोरखा, सोमबार, २९ पौष २०८१ । धार्चे गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश गरेको केही योजनाहरुको रकमान्तर गरेको छ । गत बिहीवार सम्पन्न हिउँदे गाउँसभाको १७ औ अधिवेशनले यसअघि बिभिन्न योजनामा बिनियोजित करिव ८० लाख बजेट रकमान्तर गर्ने निर्णय गरेको हो ।

यसअघि पालिकाको गुरुयोजना तथा सम्भाव्यता अध्ययन शीर्षकका लागि विनियोजित २० लाख बजेटमध्ये सडक गुरुयोजना निर्माणमा १० लाख रकमान्तर गरिएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनु भयो । साथै, उहाँले गाउँपालिकाको वडा नं ७ स्थित लापु वडा कार्यालय निर्माणका लागि विनियोजित १० लाख रकम वडा कार्यालयको तला थपका लागि सारिएको छ । ‘माछिखोलास्थित सभाहल ट्रष्ट निर्माण शीर्षकमा १५ लाख बजेट छुट्याएका थियौ,’ सुनारले भने, ‘त्यो योजनालाई संशोधन गरेर जनजागृति मावि भवन निर्माणका लागी १० लाख र सभाहल पार्टेसनका लागी ५ लाख छुट्याएका छौ ।’

संघसंस्थासँग साँझेदारी कार्यक्रम अन्तरगतको १३ लाख ५० हजार रकमको कार्यक्रमलाई संशोधन गरी गोरेटो गोरखासँग साँझेदारी कार्यक्रमका रुपमा संचालन गरिने अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । यसैगरी वडा नं १ को दोभान चर्च घर गोरेटो बाटो निर्माण योजनामा विनियोजित ३ लाख बजेट दोभान खानेपानी मर्मत कार्यक्रममा रकमान्तर गरिएको छ ।

वडा नं ४ को वडा कार्यालय व्यवस्थापनका लागी बिनियोजन २ लाख रकमको कार्यक्रमलाई पनि संशोधन गरिएको छ । जसअन्तरगत वडा कार्यालय व्यवस्थापन र सिमि याम्वो संरक्षण कार्यक्रमका लागि एक÷एक लाख रकम राखिएको छ । धार्चे–५ को वडा कार्यालय व्यपस्थापनका लागी बिनियोजित २ लाख ५० हजार बजेट गैरेधारा नालि व्यवस्थापन तथा बाटो निर्माणमा रकमान्तर गरिएको छ ।

‘वडा नं ५ को लप्सीबोट सामुदायिक ट्रष्ट भवन निर्माणमा ९ लाख बजेट छ्ुट्याएका थियौ, त्यो बजेटलाई लप्सीबोट सामुदायिक भवन निर्माणका लागि सारिएको छ,’ उहाँले भन्नुभयो ।

पालिकाको वडा नं ७ को स्वास्थ्य तथा पोषण कार्यक्रमको एक लाख र स्वास्थ्य बिमा कार्यक्रमको एक लाख बजेटलाई माँझगाउँ स्वास्थ्य इकाईको एक कोठे भवन निर्माणमा खर्च गर्ने गरि योजना संशोधन गरिएको छ ।

साथै, विपद व्यवस्थापनका लागी विनियोजित ५० हजार बजेटलाई भिरकुना लान्चेखोला काठेपुल निर्माणमा रकमान्तर गरिएको छ । गाउँपालिकाको पशुपंक्षि तथा मत्स्यपालन विमा शीर्षकको ३ लाखको कार्यक्रमलाई पनि आवश्यक सामाग्री खरिद कार्यक्रममा संशोधन गरिएको पालिकाले जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको