Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeआईपीएम फलोअपपिएसबी नेपाल समावेशिताको ऐना बन्नुपर्छः सञ्चारमन्त्री गुरुङ

पिएसबी नेपाल समावेशिताको ऐना बन्नुपर्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, मंगलबार, १ माघ २०८१ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताउनुभएको छ ।

पिएसबीको पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले पिएसबीमा सबै वर्ग, क्षेत्र, भाषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताउनुभएको हो ।

विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि पिएसबीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

उहाँले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभूत गर्ने, समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पिएसबीले सहभागितामूलक, समानता र समाबेशी अवधारणामा आधारित भएर काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । मन्त्री गुरुङले पिएसबीले विविधताभित्र एकता कायमगर्ने गरी आफ्ना विषयवस्तु चयन गर्न आग्रह गर्नुभयो ।

उहाँले अरु मिडियाले झै नाफा कमाउने नभै पिएसबीले सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै यो संस्था समाज, जनता र देशप्रति केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गुरुङले मुलुकको दुर्गमका जनताको आवाज पिएसबीले बोल्नुपर्ने बताउनुभयो । उहाँले पिएसबीले सुशासनका लागि राज्य र सरकारलाई झकझक्याउनुपर्ने बताउनुभयो ।

आजदेखि सुरु भएको पिएसबी प्रि–लञ्चिङ कार्यक्रम माघ ३ गतेसम्म चल्नेछ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको