Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeसमाचारललितपुर महानगर १५ वडाद्वारा जेष्ठ नागरिक धार्मिक तिर्थ भ्रमण तथा सम्मान कार्यक्रम...

ललितपुर महानगर १५ वडाद्वारा जेष्ठ नागरिक धार्मिक तिर्थ भ्रमण तथा सम्मान कार्यक्रम आयोजना

ललितपुर, बिहिबार, १० माघ २०८१ । ललितपुर महानगरपालिका वडा नं १५ वडा कार्यालयले जेष्ठ नागरिक धार्मिक तिर्थ भ्रमण तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।

मनकामना मन्दिर गोरखा जिल्ला शहिद लखन गाउँपालिकामा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थानको रुपमा परिचित रहेको छ ।

ललितपुर महानगरपालिका वडा नं १५ मा स्थायी रुपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिक धार्मिक तिर्थ भ्रमण तथा सम्मान कार्यक्रम राखिएको वडा अध्यक्ष सुरेश बहादुर शाहीले बताउनु भयो । मनकामना माइको दर्शन गर्न जाने इच्छुक स्वस्थ जेष्ठ नागरिकले नेपाली नागरिकताको फोटोकपी सहित आगामी माघ १४ गते सम्म वडा कार्यालय सातदोबाटो ललितपुरमा आफ्नो नाम दर्ता गराउन अनुरोध गर्नुभयो । साथै, उहाँले माघ १६ गते बिहान ७ बजे मनकामना मन्दिर दर्शन गर्नका लागि प्रस्थान गरिने बताउनु भयो ।

मनले चिताएको कामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले मन्दिरको नाम मनकामना रहन गएको जनविश्वास छ ।

जनविश्वासका कारण मानिसहरु भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा आउने गर्छन् ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको