Friday, March 28, 2025
29.1 C
Kathmandu
Homeपर्यटनमाघ २४ गतेदेखि फागुन ४ गतेसम्म ‘लिगलिग पालुङटार महोत्सव' हुने

माघ २४ गतेदेखि फागुन ४ गतेसम्म ‘लिगलिग पालुङटार महोत्सव’ हुने

गोरखा, शुक्रबार, ११ माघ २०८१ । गोरखाको पालुङटारमा कृषि, पर्यटन र हस्तकलाको प्रवद्र्धनका लागि ‘लिगलिग पालुङटार महोत्सव २०८१’ हुने भएको छ । लिगलिग पालुङटार उद्योग बाणिज्य संघको आयोजनामा यहीँ माघ २४ गतेदेखि फागुन ४ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष मानवहादुर आलेले आज पालुङटारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

‘‘ऐतिहासिक लिगलिग पालुङटारको पहिचान–कृषि, पर्यटन, उद्योग तथा व्यापार प्रर्वद्धन मुख्य अभियान’’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको उहाँको भनाई छ । ‘‘पालुङटारमा रहेको लिगलिगकोटलगायतका स्थान ऐतिहासिक दृष्टिकोणले आफैमा महत्वपूर्ण छ, अध्यक्ष आलेले भन्नुभयो, ‘‘यसको पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेकाले महोत्सवमार्फत यहाँ पर्यटन प्रर्वद्धन गर्ने हाम्रो लक्ष्य छ ।’’

त्यस्तै स्थानीय कृषि उत्पादनको बजारीकरणका साथै पालुङटार करिडोर क्षेत्रमा उत्पादित हस्तकलाका सामाग्री महोत्सवको माध्यमबाट प्रर्वद्धन गरिनेछ । पालुङटार नगरपालिका–५, माँझटारस्थित खेल मैदानमा आयोजना गरिने महोत्सवमा एकसय २० वटा स्टल निर्माण गरिने र त्यसमध्ये २० वटा स्टल निःशुल्क उपलब्ध गराएर कृषि तथा हस्तकलाको सामाग्री बिक्री तथा प्रर्दशनी गरिने अध्यक्ष आलेले बताउनुभयो ।

कृषि र हस्तकलाका स्टलहरुमा गोरखाको पालुङटार नगरपालिका, गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, तनहुँको भानु नगरपालिका र लम्जुङको राइनस नगरपालिकामा भित्र उत्पादित कृषि उत्पादन एवं हस्तकलाका सामग्री प्रर्दशनी तथा बिक्री गरिने उहाँले बताउनुभयो ।

महोत्सवकै अवसरमा स्थानीय कला र संस्कृतिको संरक्षण, सम्र्बद्धन र प्रर्वद्धनका लागि रत्यौली गीत तथा नृत्य प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिताको समेत आयोजना गरिने भएको छ । अध्यक्ष आलेले किसानलाई हौसला प्रदान गर्नका लागि कृषि प्रर्दशनीमा उत्कृष्ठ किसानलाई सम्मानसमेत गरिने बताउनुभयो ।

कृषि प्रर्दशनीमा किसानहरुको संक्रिय सहभागिताका लागि वडावडासंग समन्वय गरेर काम गरिरहेको अध्यक्ष आलेले जानकारी दिनुभयो । महोत्सवमा २५ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान महोत्सव सम्पन गर्नका लागि बिभिन्न २५ वटा उपसमिति गठन गरिएको आयोजकले जनाएको छ । महोत्सवमा १ करोडभन्दा बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको