Saturday, February 7, 2026
8.1 C
Kathmandu
spot_img
Homeआईपीएम फलोअपकांग्रेस-एमाले सत्ता सहकार्यले सकारात्मक र उत्साहपूर्ण परिणाम : मुख्यमन्त्री कार्की

कांग्रेस-एमाले सत्ता सहकार्यले सकारात्मक र उत्साहपूर्ण परिणाम : मुख्यमन्त्री कार्की

spot_img

विराटनगर, आइतबार, १३ माघ २०८१ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताउनुभएको छ ।

प्रेस चौतारी मोरङको अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो पनि संवैधानिक व्यवस्था हो ,जनतालाई राहत दिनका लागि गरिएको काम भएकाे र यसबाट कोही आत्तिनुपर्ने अवस्था छैन ।’ अध्यादेशले निरङ्कुशता हुन्छ भन्नु गलत भएको टिप्पणी गर्दै मुख्यमन्त्री कार्कीले यो आरोप लगाउनका लागि गरिएको काम मात्र भएको बताउनुभयो ।

नेपाली कांग्रेस र नेकपा एमाले बीचको सहमतिबाट बनेको यो सरकारबाट उत्साह छाएको र यसको सकारात्मक नतिजा आउन थालेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो ‘अहिले राजस्व वृद्धि भइरहेको छ। सरकारको पछिल्ला कामहरूले निजी क्षेत्र उत्साहित भएको छ ,अर्थतन्त्र चलायमान भएको छ ।’

कोशी प्रदेशमा पनि २५%ले राजस्व वृद्धि गरेको चर्चा गर्दै उहाँले प्रदेश सरकारले राखेको लक्ष्य पूरा हुने बताउनुभयो । उहाँले पछिल्लो समयमा सञ्चार माध्यममा नकारात्मक कुराले प्राथमिकता पाएको बताउँदै हामीले यथार्थ समाचाारलाई सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कोशी प्रदेश सरकारले यही अधिवेशनबाट आम संचार व्यवस्थापन गर्न बनेको विधेयक पास गरेर पत्रकारिता क्षेत्रको बिकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘हामी यसपटक कानुन पास गरेरै पत्रकारको हितमा काम गर्छौं’, मुख्यमन्त्री कार्कीले भन्नुभयो।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img