ललितपुर, सोमबार, १४ माघ २०८१ । काठमाडौँ उपत्यका व्यापी दोस्रो गोदावरी मेयर कप हुने भएको छ । गोदावरी नगरपालिकाको ९ औं नगर स्थापना दिवसको अवसरमा काठमाडौँ उपत्यका व्यापी अन्तर नगरपालिका खुल्ला दोस्रो मेयर कप फुटबल प्रतियोगिता चैत्र ९ गतेदेखि चैत्र २३ गतेसम्म गोदावरीमा हुने भएको छ ।
स्थानीय खेलाडीको खेलस्तर उकास्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागिएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई ट्रफीसहित पाच लाख रुपैयाँ र दृतिय स्थान हासिल गर्ने टिमलाई ट्रफीसहित तीन लाख रुपैयाँ प्रदान गरिने खेलकुद संयोजक निरोज बज्राचार्यले जानकारी दिनुभयो । साथै, उहाँले फागुन १ गतेदेखि फागुन २९ गतेसम्म टिम दर्ता गर्न सकिने बताउनु भयो ।
टिम दर्ता शुल्क पच्चीस हजार रुपैयाँ लाग्ने खेलकुद संयोजक निरोज बज्राचार्यले बताउनुभयो ।