गोरखा, बुधबार, १६ माघ २०८१ । रोटरी क्लव अफ गोरखाले बर्षौदेखि नियमित रुपमा गर्दै आएको मुटु जाँच शिविर यो बर्ष पनि गर्ने भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरसंगको सहकार्यमा रोटरी क्लवले यहीँ माघ २५ र २६ गते दुईदिने निशुल्क मुटु जाँच शिविर संचालन गर्न लागेको हो ।
शिविरका लागि सम्भव नेपालले आर्थिक सहयोग गर्ने भएको छ । क्लबले शिविरमा जाँच गराएपछि शल्यक्रिया गर्नुपर्ने भएमा समेत निशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको शिविरका संयोजक किशोरजंग थापाले बताउनु भयो । साथै, उहाँले नेपालमा उपचार नभए भारतसम्म लगेर पनि नि:शुल्क उपचार गराएर ल्याउने व्यवस्था मिलाएको बताउनु भयो ।
‘भारत जानु परेमा बिरामीसँगै एकजना हेरालुलाई पनि आउनेजाने खर्चको व्यवस्था मिलाएका छौँ’, उहाँले भन्नुभयो । शिविरमा मुटुरोग विशेषज्ञ अनिल भट्टराईको नेतृत्वमा २५ जनाभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिने बताउनु भयो ।
शिविरमा करिब ६ लाख खर्च हुने अनुमान गरिएको छ । औषधी र चिकित्सकको ब्यवस्था सेभ द हर्टले गर्ने बताइएको छ ।