Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeआईपीएम फलोअपरास्ट्रिय लोकसंचारकर्मी नेपालको १६ औं वार्षिकोत्सव : रक्तदानदेखि गोबिन्द शर्मा स्मृति क्रियाशील...

रास्ट्रिय लोकसंचारकर्मी नेपालको १६ औं वार्षिकोत्सव : रक्तदानदेखि गोबिन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता सम्मान हुने

रास्ट्रिय लोकसंचारकर्मी नेपालको १६ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।

“नेपाली लोक संस्कृतिको संरक्षण सम्र्बदन र प्रचार प्रसार गरौ, शान्ति प्रेस स्वतन्त्रता मानव अधिकार र पत्रकार हकहित सुनिश्चीत गरौ” भन्ने मूल नाराका साथ वि सं २०६५ सालमा स्थापित लोकसंचारकर्मी नेपालले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागेको सस्थाका अध्यक्ष चन्द्रमणि गौतमले बताउनु भयो ।

रास्ट्रिय लोकसंचारकर्मी नेपालको आयोजनामा नेपाल मेडिकल कलेज, रक्त सेवा बिभागको प्राबिधिक सहयोगमा एवं गोकर्णेश्वर नगरपालिका ,गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को सहकार्यमा वडा कार्यालयमा बिहान ९ बजेदेखि बृहत् रक्तदान कार्यक्रम हुने गरिएको अध्यक्ष चन्द्रमणि गौतमले बताउनु भयो ।

त्यसैगरी, अध्यक्ष चन्द्रमणि गौतमले माघ २० गते बिहान ९ बजे बाइसधारा बालाजुमा गोबिन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता सम्मान तथा वनभोज कार्यक्रम राखिएको बताउनु भयो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको