Sunday, March 16, 2025
14.1 C
Kathmandu
Homeपालिका विशेषलखन थापाका सहयोद्धा जयसिंह चुमीलाई शहिद घोषणा गर्न माग

लखन थापाका सहयोद्धा जयसिंह चुमीलाई शहिद घोषणा गर्न माग

गोरखा, बुधबार, १६ माघ २०८१ । लखन थापाका सहयोद्धा जयसिंह चुमीलाई शहिद घोषणा गर्न माग गरेका छन् । राणा शासनविरुद्ध पहिलो पटक विद्रोह गर्ने लखन थापाका सहयोद्धा जयसिंह चुमी मगरका चौथो पुस्ताका सन्तान हुन्, रत्नसिंह । ९० वर्ष टेकेका रत्नसिंहको एउटै माग छ, ‘मेरो बाजे (जयसिंह) लाई सहिद घोषणा गर्नुपर्‍यो ।’

वि.सं. १९३३ फागुन २ मा लखन थापासँगै जयसिंह चुमी मगरलाई हालको सहिद लखन गाउँपालिका–७ काहुले भंगारमा तत्कालीन राणा सरकारले झुण्ड्याएर फाँसी दिएको थियो ।

तत्कालीन गोरख गणमा कार्यरत लखन र जयसिंह १९२७ सालमा एकमहिने बिदामा आएपछि पल्टनमा नफर्की जनविद्रोह सुरु गरेका थिए । काउले भंगारमा किल्लाले घेरी दरबार बनाए । दरबार सम्हाल्न जिम्मा उनै चुमीले पाएका थिए । राणा शासनविरुद्ध विद्रोह गरेको भन्दै राणा प्रधानमन्त्री जंगबहादुरको आदेशमा १९३३ फागुन २ मा एकैदिन उक्त किल्ला परिसरमा लखन र चुमीलाई मृत्युदण्ड दिइएको थियो । उनै जयसिंह चुमी मगरलाई सहिद घोषणा गर्नुपर्ने माग पटक/पटक उठ्दै आएको छ ।

२०५६ सालमा मन्त्रिपरिषद् बैठकले लखन थापालाई सहिद घोषणा गरेको थियो । २०७२ असोज ३ को तत्कालीन मन्त्रिपरिषद् बैठकले लखन थापालाई नेपालकै पहिलो सहिद भनी घोषणा गर्‍यो । थापासँगै मृत्युदण्ड पाएका जयसिंह भने अहिले पनि राज्यको उपेक्षामा परेको स्थानीयको गुनासो छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको