Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeआईपीएम फलोअपप्रेस चौतारी ललितपुर अध्यक्षमा नवीन लुइटेल

प्रेस चौतारी ललितपुर अध्यक्षमा नवीन लुइटेल

ललितपुर, शुक्रबार, १८ माघ २०८१ । प्रेस चौतारी नेपाल ललितपुरको अध्यक्षमा नवीन लुइटेल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार ललितपुरमा सम्पन्न चौतारीको छैटौँ अधिवेशनबाट लुइँटेलको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी अशोक दुलाल उपाध्यक्ष, शान्ति घिमिरे महिला उपाध्यक्ष, सन्तोष दहाल सचिव चयन भएका छन् भने सहसचिवमा लक्ष्मण दुलाल, समावेशी सहसचिवमा रवि महर्जन तथा कोषाध्यक्षमा समीर थापा निर्वाचित भएका छन् ।

कार्यसमितिका अन्य सदस्यहरुमा सुभानु आचार्य, नरेन्द्र चालिसे, विकास माली, टीका रसाइली, सुस्मिता अधिकारी, ज्ञानु दुलाल र विधान रिजाल निर्वाचित भए ।

साथै, अधिवेशनले ६–६ जना केन्द्रीय र प्रदेश पार्षद् निर्वाचित गरेको छ । केन्द्रीय पार्षदमा बालमुकुन्द आचार्य, घनश्याम धमला, शान्ति घिमिरे, प्रवीण कुलुङ राई, अशोक दुलाल, सन्तोष दाहाल रहेका छन । यसैगरी प्रदेश पार्षदमा जीबी लामा, सौगात मिश्र, नवराज सन्जेल, दीपकप्रसाद घिमिरे, सुभानु आचार्य, विधान रिजाल रहेको निवर्तमान अध्यक्ष वालमुकुन्द आचार्यले बताए ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको