Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeराजनीतिकांग्रेसको १५औं महाधिवेशन २०८४ को चुनावअघि : महामन्त्री गगन थापा

कांग्रेसको १५औं महाधिवेशन २०८४ को चुनावअघि : महामन्त्री गगन थापा

काठमाडौँ, शनिबार, १९ माघ २०८१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन २०८४ को चुनावअघि नै हुने दाबी गरेका छन् । संस्थापन पक्षकै केही नेताहरुले महाधिवेशन आगामी निर्वाचनपछि गर्ने बताउँदै आएका बेलामा महामन्त्री थापाले महाधिवेशनको मितिबारे कुनै कन्फ्युजन नभएको बताए ।

कांग्रेसको काठमाडौं महानगरपालिका– ७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले एक महाधिवेशनबाट अर्को महाधिवेशनबीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान नमिल्ने बताए ।

उनले भने, ‘२०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले बोलिराख्नुभएको छ । त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्छ, तर त्यो गर्नै मिल्दैन । महाधिवेशन सार्न संविधानले पनि दिँदैन, चुनावअघि नै महाधिवेशन हुन्छ ।’

निर्धारित मितिअनुसार कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र गरिसक्नुपर्नेछ, तर पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरु निर्धारित समयमा महाधिवेशन गर्ने पक्षमा नरहेको इतर पक्षले आरोप लगाउँदै आएको छ ।

इतर पक्षका नेता डा. शेखर कोइराला महाधिवेशन चाँडै गर्न पार्टी नेतृत्वलाई दबाब बढाउन देश दौडाहामा छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img