Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeसंसदसरकारले पेश गर्न लागेको अध्यादेशमा ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता

सरकारले पेश गर्न लागेको अध्यादेशमा ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता

काठमाडौँ, बिहिबार, २४ माघ २०८१ । सरकारले संसदमा पेश गर्न लागेको अध्यादेशमा ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता भएका छन् । संघीय संसद सचिवालयका अनुसार सरकारले संसदमा पेश गर्न लागको ६ वटा अध्यादेशमा प्रतिनिधि सभामा ५१ वटा र राष्ट्रिय सभामा १६ वटा गरेर ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता भएका हुन् ।

अस्वीकारको प्रस्ताव दर्ता गर्ने सबै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) हुदैँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विभिन्न दलका सांसद रहेका संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार कतिपय एकल र कतिपयले संयुक्त रुपमा अस्विकारको प्रस्ताव दर्ता गराएका छन् ।

यसैविच प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले ५ मिनेट र समर्थकले ३ मिनेट बोल्न पाउने सहमति भएको छ । बुधबार सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख दलका प्रमुख सचेतक र सचेतसँगको छलफलपछि यस्तो सहमति भएको हो ।

छलफलपछी कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसीयाले अध्यादेश अस्वीकृतको प्रस्तावकर्तालाई ५ मिनेट र समर्थकलाई ३ मिनेट बोल्न समय दिने तय भएको जानकारी दिए । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा अध्यादेश जारी गरेका थिए । ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् ।

बिहिबार प्रतिनिधिसभामा सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका सबै अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने सरकारको तयारी छ । निर्णयार्थ पेस गर्नु अगाडी अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइने संघीय संसद सचिवालयले जनाएको छ । मन्त्री चौरसियाका अनुसार बिहिबार नै सभाले अध्यादेश स्वीकृत वा अस्वीकृत गर्ने निर्णय गर्नेछ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img