Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeविपद्खानेपानी मन्त्रालयमा भएको आगलागी घटनाबारे अनुसन्धान गर्न समिति गठन

खानेपानी मन्त्रालयमा भएको आगलागी घटनाबारे अनुसन्धान गर्न समिति गठन

काठमाडौँ, शनिबार, २६ माघ २०८१ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आगलागीबाट क्षति पुगेको खानेपानी मन्त्रालयको अनुगमन गरेका छन् ।

आज बिहान करिव ८:३५ तिर खानेपानी मन्त्रालयमा आगलागी हुँदा मन्त्रीको कार्यकक्षमा मुख्य क्षति भएको थियो ।

साथै, आगलागीबाट छानाको भाग र विद्युतीय सञ्जाल लगायतमा क्षति पुगेपछि शहरी विकासमन्त्री सिंह नेतृत्वमा मन्त्रालयबाट स्थलगत अवलोकन भएको हो ।

क्षतिको विवरण सुरक्षा निकायबाट लिँदै उनले सिंहदरबार परिसरको व्यवस्थापन यस मन्त्रालयको भएको कारण उक्त मन्त्रालय पूर्ववत सञ्चालन गरी सेवा प्रवाह नियमित गर्न तत्काल मर्मत सम्भार कार्य गर्न निर्देशन समेत दिएका थिए ।

मन्त्री सिंहको निर्देशनपछि शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आजैबाट मर्मत कार्य शुरू गरेको निमित्त सचिव पद्म कुमार मैनालीले जानकारी दिए ।

साथै, उक्त घटनाको क्षति मूल्याङ्कन सहित सिंहदरबार परिसरमा यस्ता घटना दोहोरिन नदिन तथा सोको पूर्व तयारीका लागि सिफारिससहित एक हप्तामा प्रतिवेदन पेश गर्न समिति समेत गठन गरिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img