Sunday, March 16, 2025
14.1 C
Kathmandu
Homeस्वास्थ्यअन्तर्राष्ट्रिय डाइबेटिज कन्फरेन्स-२०२५ हुँदै

अन्तर्राष्ट्रिय डाइबेटिज कन्फरेन्स-२०२५ हुँदै

काठमाडौँ, सोमबार, २८ माघ २०८१ । मधुमेह (डाइबेटिज) सम्बन्धी एकदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन आउँदो फागुन १७ गते द म्यासिफ होटलमा हुन लागेको हो ।

धन-योग फाउण्डेसन अमेरिकाले डायबिटिज एण्ड इन्डोक्राइनोलोजी सोसाइटीसँगको सहकार्यमा काठमाडौंमा उक्त सम्मेलन गर्न लागेको हो । नेपाललगायत दक्षिण एसियामा मधुमेहका बिरामीको समस्या बढेकाले त्यसको निराकरणका लागि सम्मेलन गर्न लागिएको बताइएको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल एनसिडी अलायन्सका डा. प्रज्ज्वल प्याकुरेलले सम्मेलनबारे जानकारी दिनुभएको हो । सम्मेलनमा विभिन्न राष्ट्रहरूको छाता संगठनमा आबद्ध इण्डोक्राइनो लोजिष्टसहित अध्ययन अनुसन्धानकर्ताहरू सहभागी रहने बताइएको छ । सम्मेलनमा नेपाल, अमेरिका, भारतलगायत देशका विज्ञहरूसमेतको सहभागिता रहनेछ ।

सम्मेलनमा विभिन्न देशका विज्ञहरूबाट विश्वमा मधुमेहको उपचार र रोकथामका लागि भइरहेका प्रयास, अनुसन्धान र त्यसका निष्कर्षका साथै प्रविधि र प्रयोगका विषयमा समेत छलफल हुने आयोजक संस्थाले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । सम्मेलनमा हुने उच्चस्तरीय छलफल र त्यसबाट निस्किएका निष्कर्ष मधुमेहको रोकथाम र उपचारका लागि सरकारले बनाउने नीतिका लागि सहयोगी हुने विश्वास आयोजकको छ ।

सम्मेलनमा प्रशिक्षकहरू, सम्बन्धित चिकित्सकहरू, मेडिकल चिकित्सकहरू, विभिन्न विश्वविद्यालयका रिसर्जरहरू, देशविदेशमा रहेका प्रोफेसरहरूलगायत दुई सय बढीको सहभागिता रहने बताइएको छ । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजको इण्डोक्राइनोलोजी विभाग (युनिट १) प्रमुख डा. नितिन कपुर, बेइस्टेट मेडिकल सेन्टरमा कार्यरत डा. राजु पन्त, अमेरिकाबाटै डा. अजय चौधरी, प्राडा मेरेडिथ हकिन्स, डा. राल्फ डेफरेन्जो, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. रोबिन मास्के, भारतका डा. निहाल थोमस, विश्व स्वास्थ्य संगठनबाट डा. ग्याम्पो दोर्जी, नेपाल एनसिडी अलायन्सका डा. प्रज्ज्वल प्याकुरेल र नेपाल विकास समाजका डा. श्वेता कोइराला सहभागी हुने पक्का भइसकेको छ ।

सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिभर्सिटी अफ म्यास्सचुसेट्स, डायबिटिज एण्ड इण्डोक्राइनोलोजी एसोसिएसन नेपाल र नेपाल हेल्थ क्रप्सले सहकार्य गर्नेछन् । मुख्य आयोजक संस्था धन-योग फाउण्डेसन अमेरिकामा दर्ता भएको संस्था हो । यसले सीमान्तकृत समुदायको आँखा स्वास्थ्य, मधुमेह हेरचाह तथा शिक्षामा काम गरिरहेको छ । मधुमेह र मोटोपनको अन्योन्याश्रित सम्बन्धका बारेमा अन्तर्राष्ट्रियरूपमा जनचेतना जगाउने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको डा. प्याकुरेलले बताउनुभयो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको