Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeसंस्कृतिधार्चे गाउँपालिका २ करौँजामा ऐतिहासिक ‘नरा पर्व’ सुरु

धार्चे गाउँपालिका २ करौँजामा ऐतिहासिक ‘नरा पर्व’ सुरु

गोरखा, सोमबार, २८ माघ २०८१ । धार्चे गाउँपालिका–२ करौँजामा ऐतिहासिक ‘नरा पर्व’ सुरु भएको छ । यो पर्व विशेष गरी त्यहाँका गुरुङ समुदायको दुई उपथर (तनिल्ह र ङरजिङ) ले मनाउने गर्दछ । केही वर्ष यता भने गाउँले सबैले आफ्नै पर्व मानी मिलेर मनाउँदै आएका छन् । यो पर्व दस दिनसम्म मनाइन्छ । तनिल्ह ले पाँचदिन र ङरजिङले पाँच दिन मनाउने प्रचलन रहेको स्थानीय सुकबहादुर गुरुङले जानकारी दिए ।

पर्व अवधिभर माटो नचलाउने परम्परा रहदैँ आएको पूर्व वडाध्यक्षसमेत रहेका गुरुङले बताए । ‘यो पर्व मनाउन गाउँमा काम बार्ने चलन छ । दस दिनसम्म माटो नचलाउने परम्परा छ,’ उनले भने, ‘पर्व मनाउञ्जेल बारी खनजोत नगर्ने, भौतिक पूर्वधार निमार्ण नगर्ने र सबै काम रोकेको हुन्छ ।’ यस्तो गर्दा बाली राम्रो हुने मान्यता रहेको उनले बताए ।

‘सबै विश्वास नै हो, हामीले पनि त्यहीँ विश्वास राखेर नरा पर्व मनाउँछौं,’ उनी भन्छन्, ‘बाली नालीमा किरा फट्याङग्रा नलागोस्, खडेरी नलागोस् बाली राम्रो होस् भन्नी नै यो पर्वको मान्यता हो ।’ यहीँ मान्यताको साथ पूर्खाहरुको पालादेखि नरा पर्व मनाउँदै आएको गुरुङको भनाइ छ । पर्व सुरु गर्दा लामा बोलाएर शान्ति पुजा गर्ने प्रचलन पनि छ । पर्वमा स्थानीय लामा नाँच, मारुनी नाँच, घोडेनाँच जस्ता विभिन्न थरीका सांस्कृतिक कोसेलीहरु प्रस्तुत गरिन्छ । यो पर्व तीन वर्ष रोकेर फेरी तीन वर्ष भने निरन्तर मनाउने गरेको उनले जानकारी दिए ।

यो वर्ष भने पर्वलाई केही स्तरोन्नति गर्दै लेकाली सिर्जनशिल युवा क्लबले पर्वको आयोजना गरेको छ । पर्वको गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपानेले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुुन् । पर्वको आकर्षण बढाउन भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको क्लबका अध्यक्ष रञ्जित गुरुङले बताए । प्रतियोगिता २१ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको प्रथम द्धितीय र तृतीयले क्रमश ७०, ५० र ४० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । क्लबका अध्यक्ष गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img