Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeप्रदेश विशेषबारपाक सडक : अर्कुल बजारदेखि बालुवासम्मको खण्ड कालोपत्रेको काम अलपत्र

बारपाक सडक : अर्कुल बजारदेखि बालुवासम्मको खण्ड कालोपत्रेको काम अलपत्र

गोरखा, सोमबार, २८ माघ २०८१ । गोरखा सडक योजनाले लोहनी एण्ड ब्रदर्शसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । दुई बर्षमा सक्नुपर्ने बाह्रकिलो बारपाक सडक अन्तरगत अर्कुल बजारदेखि बालुवासम्मको खण्ड कालोपत्रेको काम नौ बर्षदेखि अलपत्र पारेको भन्दै ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

‘ठेक्का किन नतोड्ने भनेर पत्रिकामा सूचना प्रकाशन गरेका छौं,’ कार्यालयका इन्जिनियर आशिक रिजालले भने, ‘सम्पर्कमा आउनु भनेर सात दिनको म्याद तोकिएको छ ।’ तोकिएको समयभित्र सम्पर्कमा नआए ठेक्का तोड्नका लागि बिभागमा लेखेर पठाइने उनले जानकारी दिए । काम सुरु गर्न उक्त निर्माण कम्पनीलाई यसअघि पनि पटक पटक पत्राचार गरेपनि वेवास्ता गर्दै आएको कार्यालयले जनाएको छ ।

कुल ८ किलोमिटर सडक कालोपत्रेका लागि २०७२ साल असार ३१ गते कार्यालय र उक्त निर्माण कम्पनीबीच सम्झौता भएको थियो । काममा लापरवाही गर्दै आएपनि हालसम्म सातौँ पटक म्याद थप भइसक्यो तर कामको प्रगति सुन्य छ । ‘करिव ८० प्रतिशत मात्र काम सकेर राखेको छ,’ उनले भने, ‘केही खण्ड कालोपत्रे गर्नुपर्ने छ र कालोपत्रे भइसकेको केही खण्ड बिग्रिएकाले त्यसलाई पनि मर्मत गर्नुपर्छ तर, पटक पटक म्याद थप भएपनि फिल्डमा काम भएको छैन ।’

यता बालुवादेखि बारपाकसम्मको १६ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको रसुवा इलाइट सूर्य जेभीको पनि हालसम्म सातौँ पटक म्याद थप भइसक्यो । तर काम सम्पन्न भएको छैन । विगत केही बर्षदेखि अलपत्र छाडेको काम अहिले पुनः सुरु गरेको कार्यालयका इन्जिनियर कल्याण खड्काले बताए । ‘अहिले राङरुङदेखि माथि कालोपत्रेको काम भइरहेको छ,’ उनले भने, ‘राङरुङदेखि तल नाला र रिर्टनिङ वाल लगायतका संरचना निर्माणका काम भइरहेको छ ।’

उक्त खण्डमा यसअघि काम कालोपत्रे भइसकेको केही ठाउँहरु भत्किएकाले त्यसको पनि मर्मत गर्नुपर्ने उनले जानकारी गराए । उनका अनुसार हालसम्म करिव ९० प्रतिशत काम सम्पन्न भएको छ । २०७३ असार ३० गते सम्झौता भएर काम शुरु भएको थियो । अन्तिम पटक थप भएको म्याद यही असारसम्म मात्र छ । असारमा काम सक्ने आश्वासन निर्माण कम्पनीले दिएको कार्यालयले जनाएको छ ।

बाह्रकिलो देखि बारपाकसम्मको कुल ४६ किलोमिटरको सडक चार खण्डमा बिभाजन गरी ठेक्का लगाइएको हो । बाह्र किलोदेखि मसानेठाटीसम्मको चार किलोमिटर खण्ड कालोपत्रे गर्ने जिम्मा गोरखा एप्रोप्रियट फर कन्स्ट्रक्सनले पाएको हो भने निवेलदेखि अर्कुलसम्मको ५ किलोमिटर सडक कालोपत्रेको जिम्मा कन्काइ गोरखा जेभीले पाएको हो ।

यी दुवै खण्डमा काम सम्पन्न भइसकेको छ । तर बाँकी दुई खण्डमा भने ठेकेदारको लापरवाहीका कारण काम अलपत्र बनेको हो । उक्त सडक योजनाका लागि यो बर्ष २० करोड रकम विनियोजन भएको छ । उक्त रकमले उक्त खण्ड अन्तरगत यसअघि कालोपत्रे भइसकेका सडक मर्मत गरिने इन्जिनियर खड्काले बताए । ‘उक्त खण्डको काम सम्पन्न भएर पाँच बर्ष पुगेको सडक मर्मत गर्छाै, नालासहित मर्मतको काम हुन्छ,’ उनले भने ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको