Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeपालिका विशेषशहिदलखन गाउँपालिका ६ घैरुङमा स्वास्थ्य चौकी भवनको पुन:निर्माण कार्य सम्पन्न

शहिदलखन गाउँपालिका ६ घैरुङमा स्वास्थ्य चौकी भवनको पुन:निर्माण कार्य सम्पन्न

गोरखा, सोमबार, २८ माघ २०८१ । गोरखा जिल्ला शहिदलखन गाउँपालिका ६ घैरुङमा स्वास्थ्य चौकी भवनको पुन:निर्माण कार्य सम्पन्न भएको छ ।

बि स २०७२ बैशाख १२ गते गएको गोरखा भूकम्पका कारण क्षति भएको गोरखाको शहिद लखन गाउँपालिका वडा नं ६ स्थित घैरुङ स्वास्थ्य चौकी भवन नेपाल सरकार स्वास्थ्य मन्त्रालय र भारत सरकारको सहयोगमा पुन:निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष अध्यक्ष रमेश थापा मगरले बताउनु भयो, साथै उहाँले PHB- 3 टाईपको यस स्वास्थ्य चौकी भवनको लागत स्टमेट रु ११,२३,१३३०४.४/- रहेकोमा खानी निर्माण सेवा कम्पनीले बोलपत्र मार्फत ठेक्का संझौता गरि रु ८,५४,०६००१.७/- लागतमा सम्पन्न गरिएको उहाँले बताउनु भयो ।

स्वास्थ्य चौकी भवन निर्माणसँगै घैरुङ लगायतका आसपासका क्षेत्रका नागरिकहरुले सजिलै स्वास्थ्य सेवा प्राप्त गर्ने गाउँपालिका अध्यक्ष थापाले बताउनु भयो ।

जिल्लाको शहिदलखन गाउँपालिका ६ घैरुङमा स्वास्थ्य चौकी भवनको शिलान्यास गत २०७८ साल चैत्र १२ गते शुक्रबारका दिन एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष रमेश थापा मगरले स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नु भएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको