ललितपुर, मंगलबार, २९ माघ २०८१ । गोदावरी नगरपालिका वडा नं १४ बाडेगाउँमा दोस्रो मेयर कप गोदावरी नगरब्यापी खुल्ला एकल टेबुल टेनिस प्रतियोगिता २०८१ हुने भएको छ ।
“रास्ट्रका लागि खेल, स्वास्थका लागि खेल” भन्ने मुल नारा सहित झि: बर्यामी पुच: गोदावरी – १४ को आयोजनामा, गोदावरी नगरपालिका तथा गोदावरी नगरपालिका वडा नं १४ को सम्न्वयमा सो प्रतियोगिता हुने भएको हो ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले फागुन ८ उद्घाटनसहित प्रतियोगिता सुरु भएर फागुन १० गते खेल समापन तथा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगीले नगद राशीसहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मानित गरिनेछ ।