Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeसाहित्यविश्व पुस्तकालय शिखर सम्मेलन नेपालमा

विश्व पुस्तकालय शिखर सम्मेलन नेपालमा

काठमाडौँ, बिहीबार, १ फागुन २०८१ । सन् २०२७ को विश्व पुस्तकालय शिखर सम्मेलन नेपालमा गरिने भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न विश्व पुस्तकालय सम्मेलनले सन् २०२६ को सम्मेलन श्रीलङ्का र सन् २०२७ को नेपालमा गर्ने निर्णय भएको छ ।

नेपालमा त्यस्तो सम्मेलन गर्दा पुस्तकालय सूचना विज्ञानको प्रगति र सांस्कृतिक सम्पदा प्रदर्शन गर्न मञ्च प्रदान गर्ने जनाइएको छ । सन् २०२५ को सम्मेलनमा ज्ञान साझेदारी, सांस्कृतिक संरक्षण र अन्तर्राष्ट्रिय सहकार्यमा पुस्तकालयको भूमिकालाई सुदृढ बनाउन सफल भएको नेपाल पुस्तकालय सङ्घले जनाएको छ ।

नयाँ दिल्लीमा सम्पन्न सम्मेलनले पुस्तकालय कूटनीति र डिजिटल रूपान्तरणमा भविष्यका नवप्रवर्तनका लागि बलियो जग बसालेको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्मेलनमा नेपालका तर्फबाट नेपाल पुस्तकालय सङ्घका अध्यक्ष पुष्पराज सुवेदी र सञ्जीवकुमार चौधरीलगायतको सहभागिता रहेको थियो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको