Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeपालिका विशेषकार्यसम्पादनमा बारपाक सुलीकोट गाउँपालिका पहिलो हुन सफल

कार्यसम्पादनमा बारपाक सुलीकोट गाउँपालिका पहिलो हुन सफल

गोरखा, शनिबार, ३ फागुन २०८१ । स्थानिय तह कार्यसम्पदानमा गोरखाका ११ वटा पालिकाहरू मध्ये वारपाक सुलीकोट गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कनको अन्तिम नतिजा अनुसार वारपाक सुलीकोट गाउँपालिका ७०.०८ अङ्क प्राप्त गरी जिल्लाको पहिलो भएको हो ।

गोरखाको दोस्रो भएको भिमसेनथापा गाउँपालिकाले ६९.०१ अङ्क ल्याएको छ । त्यस्तै तेस्रो भएको आरुघाट गाउँपालिकाले ६८.०९ अङ्क प्राप्त गरेको छ । आयोगले सार्वजानिक नतिजा अनुसार चुमनुब्री गाउँपालिकाले ६७.०१ अङ्क प्राप्त गरेको छ भने धार्चे गाउँपालिका र पालुङटार नगरपालिकाले समान ६६.८ अङ्क प्राप्त गरेको छ ।

त्यस्तै, शहीद लखन गाउँपालिकाले ६६.४ अङ्क प्राप्त गर्न सफल भएको छ । गोरखाको पहिलो नगरपालिका गोरखा नगरपालिकाले ६०.७ र गण्डकी गाउँपालिकाले ६०.० अङ्क प्राप्त गरेका छन् । सिरानचोक गाउँपालिकाले ५८.६ अङ्क प्राप्त गरेको छ भने जिल्लाको सबैभन्दा कम अजिरकोट गाउँपालिकाले ५७.१ अङ्क प्राप्त गरेको छ ।

आयोगले प्रदेश तथा स्थानिय तहको कार्य सम्पादन मूल्याङ्कनमा कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन गरेको छ । जसमा असार १० भित्र बजेट पेस गरे नगरेको, असार मसान्त भित्र बजेट पारित गरे नगरेको, आय व्यायको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजानिक गरे नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानिय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्र प्रयोग भए नभएको जस्ता सूचकका आधारमा मूल्याङ्कन गरिएको छ ।

त्यस्तै, स्वास्थ्य र शिक्षालाई पनि मुख्य सूचकको रूपमा लिदै गर्भवती महिलाको ४ पटक गर्भ जाँच गरेको महिलाको अनुपात, पूर्ण खोप लगाएका बालबालिका र शिक्षामा सामुदायिक विद्यालयमा कक्षा १० मा १.६ भन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी कक्षा ८ भन्दा बढी कक्षा ९ मा विद्यार्थी टिकाउ दर लगायतका सूचकहरू रहेका छन् ।

वित्त आयोगले वित्तीय अनुदान दिँदा स्थानिय तहको कार्य सम्पादनलाई पनि हेरेर सिफारीस गर्नका लागि कार्यसम्पादन मूल्याङ्कन हेर्ने गरिएको छ । हाल भएको उपलब्धीलाई रक्षा गर्दै अगामी दिनहरूमा आयोगले तोकेका सबै सूचकहरूलाई केन्द्रमा राखेर अघि बढ्ने योजनामा गाउँपालिका रहेको वारपाक सुलीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबास आलेमगरले जानकारी दिनुभयो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको