Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeराष्ट्रियगोरखामा तीन दिन राष्ट्रिय प्रजातन्त्र दिवस मनाइदै

गोरखामा तीन दिन राष्ट्रिय प्रजातन्त्र दिवस मनाइदै

गोरखा, आइतबार, ४ फागुन २०८१ । गोरखामा राष्ट्रिय प्रजातन्त्र दिवस तीनदिन भव्यताका साथ मनाइने भएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाको समन्वयमा आइतबार बसेको सरोकारवालाहरुको संयुक्त बैठकले यहीँ फागुन ६, ७ र ८ गते बिभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरिएको साहायक प्रमुख जिल्ला चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

बैठकले दिवस भव्यताका साथ सम्पन्न गर्न जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरको संयोजकत्वमा मूल समारोह समितिसमेत गठन गरिएको उहाँले बताउनुभयो । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन विहान ७ः४५ बजे सदरमुकाममा प्रभातफेरीसहित ठूलो आँगनमा मूलसमारोह समितिको आयोजनामा विशेष कार्यक्रम गरिने साहायक प्रजिअ बरालले जानकारी दिनुभयो ।

यस्तै जिल्ला भित्रका सवै सरकारी तथा गैह्रसरकारी कार्यालय, संघसस्ंथा तथा नीजि निवासमा तीनैदिन दिपावलीका लागि आब्हान गर्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो । दिवसको सन्र्दभमा सशस्त्र प्रहरी बल २९ नम्बर गुल्म गोरखाको आयोजनामा फागुन ८ गते आगलागी नियन्त्रणका लागि पूर्वअभ्यास गर्ने कार्यक्रम तय गरिएको साहायक प्रजिअ बरालले जानकारी दिनुभयो ।

सदरमुकामस्थित रानी बनको जंगलमा डढेलो नियन्त्रणको पूर्वअभ्यास गर्न कार्यक्रम तय भएको उहाँको भनाई छ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरको प्रमुख आतिथ्यतमा बसेको बैठकमा उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न पालिका प्रमुख एवं प्रतिनिधीलगायतको सहभागिता रहेको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img