Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeपर्यटनपर्यटन बर्ष प्रचारका लागि गोरखा नगरपालिका सक्रिय

पर्यटन बर्ष प्रचारका लागि गोरखा नगरपालिका सक्रिय

गोरखा, सोमबार, ५ फागुन २०८१ । पर्यटन बर्ष प्रचारका लागि गोरखा नगरपालिका सक्रिय रुपमा अधि बढेको छ । गोरखा नगरपालिका पर्यटन बर्ष २०८१’ को प्रचारप्रसारका लागि जिल्ला भित्र चल्ने सार्वजनिक सवारी साधानमा स्टिकर टाँस्न सुरु गरिएको छ । गोरखा नगरपालिका गोरखाले जिल्लास्थित यातायात व्यवसायीसंग छलफल गरेर नगरपालिका पर्यटन बर्षको प्रचारका लागि सवै सार्वजनिक यातायात बस तथा माइक्रोबसहरुमा ‘स्टिकर’ राख्न थालिएको हो ।

‘‘सहमति अनुसार आज औपचारिक कार्यक्रमको आयोजना गरी सार्वजनिक सवारी साधनमा ‘स्टिकर’ टाँस्न थालिएको हो, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले भन्नुभयो, ‘‘यातायात व्यवसायीलगायतका सरोकारवालासंग उपस्थितीमा झण्डै ४० भन्दाबढी बस तथा माइक्रोबसमा ‘स्टिकर’ टाँसिएको छ ।’’

बाँकी रहेका सवारी साधनहरुमा भने सम्बन्धित टिकट काउन्टर, सम्बधित यातायात व्यवसायीले आफैले ‘स्टिकर’ टाँस्ने व्यवस्था मिलाइएको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो । त्यस्तै सवारी साधनमा पर्यटन बर्षको प्रचारका लागि नगरपालिकाले प्रकाशन गरेका ब्रोसर, बुकलेटलगायतका सामाग्रीसमेत उपलब्ध गराइएको छ ।

गोरखाबाट बिभिन्न शहरहरुमा आवातजावत गर्ने सयौँ सवारी साधनमा पर्यटन बर्षको ‘स्टिकर’ टाँस गरेपछि ‘गोरखा पर्यटन बर्ष २०८१’ को व्यापक प्रचार हुने अपेक्षा गरिएको उहाँको भनाई छ । सोही अवसरमा नगरपालिकाले स्टिकर टाँस्न बाँकी रहेका सवारी साधनमा ‘स्टिकर’ टाँस्नका लागि सम्बन्धित टिकट काउण्टर र यातायात व्यवसायीलाई आवश्यक पर्ने ‘स्टिकर’ उपलब्ध गराइएको छ ।

नगरपालिकाले घोषणा गरेको पर्यटन बर्ष सफल बनाउन यातायात व्यवसायीले आफ्नो ठाँउबाट भूमिका खेल्न तयार रहेकाले जिल्ला भित्रका सवै सार्वजनिक सवारी साधन पर्यटन बर्षको ‘स्टिकर’ टाँस्न सुरु गरिएको गोरखा दरौँदी यातायात प्रा.लिका अध्यक्ष नारायण खत्रीले बताउनुभयो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको