गोरखा, मंगलबार, ६ फागुन २०८१ । गोरखाको सिरानचोक गाउँपालिकामा नि:शुल्क आँखा शिबिर सम्पन्न भएको छ ।

सिरानचोक गाउँपालिकाको आयोजनामा नेपाल नेत्रज्योति संघ,भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोगमा सिरानचोक गाउपालिका वडा नं
४ चोरकाटे आधारभुत स्वास्थ्य केन्द्रमा सोमाबार शिविर सम्पन्न भएको हो । उक्त नि:शुल्क आँखा शिविरमा ६१ जनालाई गरिएको आँखा परिक्षणमा १७ जनालाई मोति बिन्दु देखिएको सिरानचोक गाउँपालिका स्वास्थ साखा प्रमुख टुकमान श्रेष्ठले जानकारि दिनुभयो ।
१६१ जनामा आँखा जाँच गरिएकोमा १७ जनालाई मति बिन्दु, ५८ जनालाई चस्मा वितरण गरिएको र बाँकीलाई सामान्य सल्लाह सहित ओैषधि बितरण गरिएको थियोू श्रेष्ठले बताउनुभयो । मोतिबिन्दु भएका बिरामीलाई भरतपुर आँखा अस्पतालमा निसुल्क सल्यक्रिया हुनेछ। सल्यक्रिया गर्ने १७ जना बिरामीलाई फाल्गुन ५ गते नै भरतपुर अस्पताल लगिएको छ भने ६ गते सल्यक्रिया हुने छ । ूदृष्टिमा समस्या भएका ५८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको श्रेष्ठले भन्नूभयो ।

साथै, गाउँपालिकाद्वारा ५८ जनालाई चश्मा समेत बितरण गरिएको उहाँले बताउनु भयो । १७ जनालाई मोतियाबिन्दु अप्रेशनको लागि भरतपुर आँखा अस्पतालमा पठाइएको छ ।