गोरखा, बिहीबार, ८ फागुन २०८१ । रोटरी क्लब अफ गोरखाले सिरानचोक गाउँपालिकाका नौ माध्यामिक विद्यालयलाई प्याड भेण्डिङ र इन्सिनेटर मेसिन सहयोग गरेको छ ।
फाउण्डेशन नेपालमेडसंगको सहकार्यमा रोटरी गोरखाले सिरानचोक गाउँपालिकाका सबै वडालाई समेटिने गरी नौ विद्यालयलाई सो स्यानिटरी प्याड भेण्डिङ मेसिन र सेफ्टी इन्सिनेटर (सुरक्षित जलाउने) मेसिन सहयोग गरेको हो ।

४ लाख ५० हजार रुपैया बराबरको सो मेसिनहरु आज एक कार्यक्रमकावीच गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष विनोद कुमार बस्न्यातले बताए ।
रोटरी क्लबबाट प्राप्त मेसिनहरुले पालिभरका माविमा अध्ययनरत छात्रा विधार्थीहरुलाई सहज हुने पालिका अध्यक्ष गुरुङले विश्वास ब्यक्त गरे । कार्यक्रममा रोटरीका डिष्ट्रिक्ट अफिसर पवनरवण खनाल, क्लबका पूर्व अध्यक्ष भेषबहादुर खड्का लगायतले बोलेका थिए ।