Friday, March 28, 2025
29.1 C
Kathmandu
Homeखेलगोर्खाली रग्बी सेभेन्स ट्रफी प्रतियोगिता हुने

गोर्खाली रग्बी सेभेन्स ट्रफी प्रतियोगिता हुने

काठमाडौँ, शुक्रबार, ९ फागुन २०८१ । गोर्खाली रग्बी क्लबको आयोजनामा गोर्खाली रग्बी सेभेन्स पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता, गोर्खाली रग्बी ट्रफी आयोजना हुने भएको छ । गोर्खाली रग्बी क्लबले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

प्रतियोगितामा सात प्रदेश, त्रिभुवन आर्मी क्लब, एपीएफ र एक आयोजक टिम गरी १० वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा कुल १३५ जना पुरुष खेलाडीले सहभागिता जनाउने बताइएको छ । चितवनको भरतपुरस्थित कृष्णपुर रंगशालामा फागुन १६ र १७ गते गरी दुई दिन प्रतियोगिता आयोजना हुने गोर्खाली रग्बी क्लबले जानकारी दिएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले एक लाख रुपैयाँ, ट्रफी र मेडल पाउनेछ । प्रतियोगितामा २१ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई भर्दना काउचरबाट इटालियन सुट एक सेट प्रदान गरिनेछ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको