गोरखा, शुक्रबार, ९ फागुन २०८१ । गोरखा नगरपालिकाको पर्यटन बर्षको अवसबर पारेर जेसिजहरु बिच बन्धुत्व भावना सिर्जजना गर्ने गरी गोरखा बजार क्षेत्रमा फुटसल आयोजना गरीएको छ ।
गोरखा जेसिज गोरखाले फेलोसिप अन्तरर्गत एरिया ‘बि’ को राष्ट्रिय निरुपीत उपाध्यक्ष अभिषेक दुलाल अन्तरर्गतका शाखाहरु बिच फुटसल गर्न लागेको गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले जानकारी दिए । उनका अनुसार यो शाखामा कुल १५ क्लबहरु भएता पनि १ महिलाहरुको भएकाले १४ क्लबको सहभागिता हुने उनले बताए । सबै क्लबका नयाँ सदस्य भएकाले परिचय र सामिप्यताको लागि पनि फुटसल सहयोगी हुने अध्यक्ष गुरुङले विश्वास ब्यत्त गरे ।
आउदो चैत्र १ र २ गते हुने फुटसल गोरखा नगरपालिका–९ को लक्ष्मि बजारको दल भञ्ज्याङमा रहेको खेलकुद मैदानमा हुने छ ।
अध्यक्ष गुरुङका अनुसार गोरखा सहित भानु बन्दिपुर, लमजुङ, ब्यास, शुक्ला गण्डकी, लेखनाथ, पोखरा, बालिङ, बागलुङ तथा माडीमा रहेको जेसिजहरुले फुटसलमा सहभागीता जनाउने छन् ।
‘राम्रो गर, राम्रो बन’ नारा दिएकाे फुटसलमा पहिलो र दोस्रो हुने समूहलाई नगद ५० र ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरीने भएको छ । साथै खेलमा उत्कृष्ठ गोल रक्षक, डिफेन्डर, फेयर प्ले, गोलकर्ता र म्याच अफ दि टुर्नामेन्टलाई समेत नगद र प्रमाण पत्र प्रदानगरीने आयोजक गोरखा जेसिजले जनाएको छ । नक आउटको आधारमा हुने खेलमा ३ लाख ९० हजार खर्च हुने अनुमान गरीएको छ । सहभागी समूहले दर्ता शुल्क बापत ५ हजार शुल्क बुझाउनु पर्ने पनि आयोजकले जानकारी दिएको छ ।