Sunday, March 16, 2025
14.1 C
Kathmandu
Homeआईपीएम फलोअपप्रेस चौतारी बागमती प्रदेशको अध्यक्षमा रिमाल

प्रेस चौतारी बागमती प्रदेशको अध्यक्षमा रिमाल

चितवन, सोमबार, १२ फागुन २०८१ । प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्षमा तिलकराम रिमाल चयन भएका छन् । चौतारीको बागमती प्रदेश समितिको सम्पन्न दोस्रो अधिवेशनले रिमाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी समितिको उपाध्यक्षमा उज्ज्वल पौडेल, उपाध्यक्ष (महिला) तारा बस्नेत र महासचिवमा प्रकाश दाहाललाई चयन गरिएको छ ।

अधिवेशनले सचिवमा गोविन्द घिमिरे, लक्ष्मण घिमिरे, भोलाराज पौडेल, रूपक कोइराला र समावेशी सचिवमा नवराज श्रेष्ठ र जगमान तामाङलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

उपत्यका बाहेक बागमती प्रदेशका दस जिल्लाका प्रतिनिधि रहेका अधिवेशनले आगामी तीन वर्षको कार्यकालको लागि १७ जना सदस्य चयन गरेको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको