Friday, March 28, 2025
29.1 C
Kathmandu
Homeविज्ञान प्रबिधिबिलिङ प्रणालीको नयाँ टेन्डर आह्वान गर्ने अन्तिम तयारीमा टेलिकम

बिलिङ प्रणालीको नयाँ टेन्डर आह्वान गर्ने अन्तिम तयारीमा टेलिकम

काठमाडौँ, मंगलबार, १३ फागुन २०८१ । नेपाल टेलिकमले नयाँ बिलिङ प्रणाली खरिदका निम्ति टेन्डर (बोलपत्र) आह्वान गर्ने भएको छ । बिलिङ प्रणाली खरिदका निम्ति आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको टेलिकमले जनाएको छ ।

टेलिकमले कन्भरजेन्ट रियल टाइम बिलिङ सिस्टम (सीआरटीबी) का निम्ति यसअघि ०८० चैत १८ गते टेन्डर आह्वान गरेको थियो । तर, विवादपछि उक्त टेन्डर प्रक्रिया रद्द भएको थियो । सर्वाेच्च अदालतमा मुद्दा नै परेको थियो ।

सर्वोच्चले बिलिङ प्रणाली खरिद गर्दा नागरिकको विवरण सुरक्षित राख्न र कम्पनीको हितलाई प्राथमिकता दिन आदेश गरेको थियो । त्यसपछि टेलिकमले प्राविधिक टिमबाट थप अध्ययन गराउँदै नयाँ खरिद प्रक्रिया अघि बढाएको हो ।

बिलिङ प्रणाली खरिदको टेन्डर चाँडै आह्वान गरिने टेलिकमका प्रवक्ता हरि ढकालले बताए । “आवश्यक प्रक्रिया सबै पूरा भइसकेको छ, चाँडै टेन्डर आह्वान हुन्छ,” उनले भने ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको