Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeराष्ट्रियमहाशिवरात्री बिशेष : पशुपतिमा सशस्त्रका स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित १३ सय जनशक्ति परिचालन

महाशिवरात्री बिशेष : पशुपतिमा सशस्त्रका स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित १३ सय जनशक्ति परिचालन

काठमाडौँ, मंगलबार, १३ फागुन २०८१ । महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब १३ सय जनशक्ति परिचालन गरेको छ ।

शिवरात्रिको दिन स्वेदश तथा विदेशबाट पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रूपमा दर्शन गर्ने वातावरण मिलाउन सशस्त्र प्रहरी बल नेपालले विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठको कमान्डमा मंगलबार १० बजेदेखि नै सुरक्षाकर्मी परिचालन गरेको हो । मेलाको समग्र नेतृत्व नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्नेछ ।

उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयबाट एक सिफ्टमा तीन सयभन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचाल हुनेछन् । महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सुरक्षा र आसपासका क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सादा पोसाकमा समेत सशस्त्र प्रहरी परिचालन गरिएको छ । सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले त्यस क्षेत्रमा भएका कामकारबाहीको सूक्ष्म रूपले खबर संकलन गर्नेछन् ।

त्यसैगरी आवश्यक परेको समयमा थप मद्दतका लागि नं १९ बगलामुखी विशेष कार्यदल गणमा ३ प्लाटुन सुरक्षा फौज जुनसुकै बेला परिचालन हुन सक्नेगरी तयारी हालतमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । मेला अवधिभर भक्तजनको सहजताका लागि सशस्त्र प्रहरी बल नेपालले खानेपानी तथा घुम्ती शौचालयको समेत व्यवस्था गरेको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले नेपाल एपिएफ अस्पतालका स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क स्थापना गरेको छ । हेल्थ डेस्कबाट ४ जना चिकित्सकसहित २५ जनाले मेला अवधिभर स्वास्थ्य सेवा प्रदान गर्नेछन् भने नं २० विपद् उद्धार गणमा विपद् व्यवस्थापन तालिमप्राप्त १५ जनाको टोली आवश्यक सामग्रीसहित तत्काल परिचालन हुनसक्ने गरी तयारी हालतमा राखिएको सशस्त्रका सहप्रवक्ता एसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको