गोदावरी, बुधबार, १४ फागुन २०८१ । नेपाली सेनाले विविध कार्यक्रम गरी आज २६२ औं सेना दिवस मनाएको छ ।

गोदावरी नगरपालिका प्रवक्ता एव वडा नं ५ का वडा अध्यक्ष मिलन सिलवाल सम्मानित हुनु भएको छ । २६२ औँ सेना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मिलन सिलवाललाई “प्रधान सेनापति प्रशंसा निशान” बाट सम्मानित गरिएको हो ।

दिवसको अवसरमा काठमाडौंस्थित सैनिकमञ्च टुँडिखेलमा विशेष समारोहका बीच सेनाले युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजीलगायतको आकर्षक सैनिक कौशल प्रदर्शन गरेको थियो ।

सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।