Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeपालिका विशेषधार्चे गाउँपालिकामा दश दिनसम्म बाँसको मुढा बनाउने तालिम

धार्चे गाउँपालिकामा दश दिनसम्म बाँसको मुढा बनाउने तालिम

गोरखा, बुधबार, १४ फागुन २०८१ । सामाजिक सुरक्षा सुविधा उपभोग नगर्ने (ख र ग वर्गका) अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी धार्चे गाउँपालिकामा बाँसको मुढा बनाउने तालिम संचालन भएको छ । गाउँपालिकाको आयोजनामा मंगलवारबाट तालिम सुरु भएको हो ।
दश दिनसम्म चल्ने तालिममा ११ जना सहभागी छन् ।

पालिकाले सहभागीलाई खान र बस्नको निशुल्क व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई सिपमूलक तालिम प्रदान गरी आर्थिक रुपले सबल बनाउने उद्देश्य सहित तालिम संचालन गरिएको पालिकाकी सामाजिक बिकास शाखा प्रमुख रेनुका चालिसेले बताइन् । ‘तालिम पश्चात सहभागीहरुले उत्पादन गर्ने मुढाको बजार व्यवस्थापनका लागि पनि पालिकाले सहजिकरण गर्छ,’ उनले भनिन् ।

तालिमको बुधवार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले उद्घाटन गरेका हुन् । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनय तिमिल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो । तालिम अवधिभर प्रशिक्षक झम्कप्रसाद तिवारीले सहजिकरण गर्ने छन् ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको